काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा थुनामा रहेका कांग्रेस नेता तथा पूर्वगृहमन्त्री बालकृष्ण खाँण अदालतले तोकेको ३० लाख रुपैयाँ धरौटी बुझाएर शुक्रबार रिहा भएका छन् ।
उच्च अदालत पाटनले बिहीबार पूर्वगृहमन्त्री समेत रहेका खाँणलाई धरौटीमा छाड्न आदेश दिएको थियो ।
अदालतले मागेको धरौटी बमोजिमको बैंक ग्यारेन्टी बुझाएर खाँण शुक्रबार रिहा भएका हुन ।
धरौटी बापतको बैंक ग्यारेन्टी बुझाएपछि उनलाई सम्पति शुद्धिकरण विभाग लगिएको थियो । विभागमा पनि उनले १५ लाख रुपैयाँ धरौटी बुझाएका थिए । त्यसपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोग लगिएकोमा अख्तियारले खाँडलाई साधारण तारेखमा छाडेको थियो ।
उच्च अदालत पाटनका न्यायाधीश कृष्णराम कोइरालाको एकल इजलासले बिहीबार खाँणलाई ३० लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको थियो । गत मंसिर १५ गते पाटन उच्च अदालतकै न्यायाधीशद्वय प्रकाश खरेल र जनक पाण्डेबीच राय बाझिएपछि मुद्दा एकल ईजलाशमा गएको थियो ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीको सही नीति र विचारका आधारमा…







