पुस ४ काठमाण्डौं । एयर अरेबियाको जहाजको शौचालयमा नवजात शिशु फेला परेको छ ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता सुवास झाका अनुसार युएईबाट काठमाडौँ आएको उक्त एयरलाइन्सको जहाजको शौचालयमा शिशु फेला परेको हो ।
सो जहाज युएईको सारजाह विमानस्थलबाट आज बिहान ९ बजेर १० मिनेटमा काठमाण्डौं विमानस्थलमा अवतरण गरेको थियो । “जहाजको शौचालयमा शिशु भेटिएको थियो, वैदेशिक रोजगारीबाट फर्किएकी एक महिलाको शिशु भएको आशङ्कामा ती महिला र शिशुलाई प्रहरीले अस्पताल लगेको छ”, प्रवक्ता झाले जानकारी दिए । रासस
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पर्यटन विभागले यही कात्तिक ११ देखि १५ गतेसम्म देशका विभिन्न स्थानमा भारी…







