संक्रमणकालीन न्यायसँग सम्बन्धि छलफल गर्न शीर्ष नेताहरु बालुवाटारमा


     एभरेस्ट आवाज    
     पौष ९ गते २०८० मा प्रकाशित




पुस ९ काठमाण्डौं । सङ्क्रमणकालीन न्यायसँग सम्बन्धित विषयमा छलफल गर्न प्रधानमन्त्री निवास बालुवाटारमा बसेको शीर्ष नेताबीचको बैठक जारी छ ।

बैठकमा शीर्ष नेताहरूसँगै सरकारका वरिष्ठ मन्त्री र तीन ठूला पार्टीका दोस्रो तहका नेताको पनि सहभागिता रहेको छ ।

बैठकमा प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, सत्ता साझेदार नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, प्रमुख प्रतिपक्षी दलका नेता एवं नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली सहभागी छन् ।

बैठकमा उपप्रधानमन्त्री एवं रक्षामन्त्री पूर्णबहादुर खड्का र कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङ तथा कांग्रेस नेता राधेश्याम अधिकारी, एमाले नेता अग्निप्रसाद खरेल र महेश बर्तौला, माओवादी केन्द्रबाट वर्षमान पुन र खिमलाल देवकोटाको सहभागिता रहेको प्रधानमन्त्री सचिवालयले जनाएको छ । रासस


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।