तस्बिर: ट्रोल पोखरा
पोखरा महानगरपालिका–५ प्रस्याङमा गए राति कारले ठक्कर दिँदा दुईजना पैदलयात्रीको मृत्यु भएको छ ।
बागलुङ बसपार्कबाट जिरो किमीतर्फ जाँदै गइरहेको कारले ठक्कर दिँदा पोखरा–३ नदीपुर बस्ने २० वर्षीय ढोलन्द्र छन्त्याल र परिचय नखुलेका अर्का एक युवकको मृत्यु भएको कास्कीका प्रहरी नायब उपरीक्षक तथा प्रहरी प्रवक्ता श्रवण कुमार विकले जानकारी दिए ।
कारको ठक्करबाट गम्भीर घाइते भएका उनीहरूलाई पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पुर्याइएकामा चिकित्सकले मृत घोषणा गरेका थिए । दुर्घटनापछि कारचालक फरार छन् । निजको खोजी भइरहेको र कारलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


सन्देश श्रेष्ठपोखरा, बैशाख १८ प्रथम पोखरा महिला गोल्डकप फुटबल प्रतियोगितामा नेपाल पुलिस…






