पोखरामा बढाइएको राजश्व घटाउन काँग्रेसको माग


     एभरेस्ट आवाज    
     पौष २५ गते २०८० मा प्रकाशित




पोखरा । नेपाली काँग्रेसले पोखरा महानगरपालिकाभित्र बढाइएको राजश्व घटाउन माग गरेको छ ।

नेपाली काँग्रेस कास्कीका सभापति किशोरदत्त बराल र पोखरा महानगर सभापति सुरेन्द्रमान बिजुक्छेले बुधबार संयुक्त प्रेस विज्ञप्ति प्रकाशित गरी त्यस्तो माग गरेका हुन ।

पोखरा महानगरपालिका पोखरेली जनताको अविभावकिय संस्था भएकोले यसले पोखरेली जनताको हितमा काम गर्नुपर्ने तर्फ ध्यानाकर्षण गराइएकोे छ ।

आ.व.२०८०-०८१ का लागि बढाईएको राजस्व वृद्धि जनताको हित अनुकुल नभएकाले राजस्व वृद्धिमा पुर्नविचार गर्न आवश्यक देखिएको छ, विज्ञप्तिमा भनिएको छ ।

नेपाली काँग्रेस, कास्की र नेपाली काँग्रेस पोखरा महानगर समितिको तर्फवाट २०८० साउन २८ मा संयुक्त प्रेस विज्ञप्ति मार्फत अनुरोध गर्दा समेत पोखरा महानगर पालिकाले आजसम्म पनि आवश्यक निर्णय नगरेको भन्दै पुनः ध्यानाकर्षण गराउनु परेको उल्लेख छ ।

पोखरा महानगरपालिकाको आगामी कार्यपालिको बैंठक तथा नगर सभामा यस सम्वन्धमा गम्भीर अध्ययन, छलफल र वहश गरी अनावश्यक रुपमा विभिन्न शिर्षकमा वृद्धि गरिएको राजस्व घटाएर जनताको पक्षमा निर्णय गर्न अनुरोध गरिएकोे छ ।

पार्टीको अनुरोधलाई वेवास्ता गरिएमा नेपाली काँग्रेस जनताको पक्षमा जस्तो सुकै दवावमूलक कार्यक्रम संचालन गर्न तयार रहेको स्पष्ट पारिएको छ ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।