पोखरा, माघ ४
राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ अभियान लिएर देश दौडाहामा हिंडेका दुर्गा प्रसाईंलाई प्रशासनले पोखराको पृथ्वीचोकमा कार्यक्रम गर्न रोकेको छ । प्रसाईंले शुक्रबार पृथ्वीचोकमा कार्यक्रम गर्ने तयारी गरेका थिए । तर प्रशासनले सो क्षेत्रमा कार्यक्रम गर्न अनुमति नदिएको प्रसाईंले जानकारी दिए ।
पृथ्वीचोकमा कार्यक्रम गर्न नदिएपछि प्रसाईंले शु क्रबार पोखराको नयाबजारस्थित प्रदर्शनी केन्द्रमा गर्ने तयारी गरेको छ । ‘पृथ्वीचोकमा गर्न नदिनेपछि हामीले नयाबजारको प्रदर्शनी केन्द्रमा कार्यक्रम गर्ने तयारी गरेका छौं’–उनले भने ।
कार्यक्रमलाई राप्रपाले समर्थन गरेको छ । ‘कार्यक्रममा हामीपनि सहभागि हुन्छौं, किनभने उनले उठाएका एजेण्डामा हाम्रो समर्थन छ’–राप्रपा कास्कीका एक नेताले भने ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीको सही नीति र विचारका आधारमा…







