स्कुल बसले ठक्कर दिदा सोहि विद्यालयमा अध्ययनरत पोखरा–२४ कास्कीकोटका बालकको मृत्यू


     एभरेस्ट आवाज    
     माघ ५ गते २०८० मा प्रकाशित




माघ ५ पोखरा । पोखरामा स्कुल बसले ठक्कर दिदा सोहि स्कुलमा अध्ययनरत विद्यार्थीको शुक्रबार मृत्यू भएको छ । पोखरा महानगरपालिका वडा नम्बर–२४ स्थित बाल प्रतिभा बोर्डिङ स्कुलको ग.१ क.४०८२ नम्बरको बसले पोखरा–२४ काउलेमा शुक्रबार दिउँसो २ः४५ बजे ठक्कर दिदा सोहि विद्यालयको कक्षा नर्सरीमा अध्ययनरत ३ वर्षिय समिर कार्कीको मृत्यू भएको हो ।

बसबाट झरेर घर जान लागेका उनलाई सोहि बसले ठक्कर दिदा गम्भीर घाइते भएपछि उद्धार गरेर उपचारका लागि मेट्रोसिटी अस्पताल ल्याइएपनि उपचारका क्रममा दिउँसो ४ बजे मृत्यू भएको कास्की प्रहरीले जनाएको छ ।

मृतक बालक कास्कीकोटका तेजबहादुर कार्कीका छोरा रहेको कास्कीका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक श्रवणकुमार विकले जानकारी दिए ।

बस र त्यसका चालकलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान जारी राखेको उनले बताए ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।