सांकेतिक फोटो
प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गत आज दुई खेल भइरहेका छन् । लुम्बिनी प्रदेश र बागमती प्रदेशबीचको खेल कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा भइरहेको छ । अर्को खेल काठकाडौँको मुलपानी क्रिकेट मैदानमा एपिएफ क्लब र गण्डकी प्रदेशबीच भइरहेको छ । लुम्बिनी र एपिएफ क्लबले आ–आफ्नो खेलमा ब्याटिङ गरिरहेका छन् ।
दश टोली सम्मिलित प्रधानमन्त्री कप क्रिकेटमा लुम्बिनी अङ्क तालिकाको नवौँ स्थानमा छ । लुम्बिनीले हालसम्म खेलेका पाँच खेलमध्ये एउटामा विजयी हुँदै दुई अङ्क जोडेको छ । यस्तै बागमती अङ्क तालिकाको दोस्रो स्थानमा छ । बागमतीले हालसम्म आठ खेलमा पाँचमा जित हासिल गर्दै १० अङ्क जोडेको छ ।
यस्तै एपिएफ क्लब अङ्क तालिकाको छैटौँ स्थानमा छ । एपिएफले ६ खेलमा तीनमा विजयी हुँदै ६ अङ्क बनाएको छ । गण्डकी हालसम्म खेलेका ६ खेलमध्ये दुईमा जित हासिल गर्दै चार अङ्कका साथ अङ्क तालिकाको आठौँ स्थानमा छ । रासस
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पर्यटन विभागले यही कात्तिक ११ देखि १५ गतेसम्म देशका विभिन्न स्थानमा भारी…







