पोखरा, माघ १६
बनाउँदै गरेको घरको पाँच तला माथिबाट खसेर पोखरामा एक ईञ्जिनियरको मृत्यू भएको छ । पोखरा महानगरपालिका वडा नम्बर–६ डिहिकोपाटनस्थित चिनिमाया भण्डारीको बन्दै गरेको घरको पाँचौ तलाबाट खसेर पोखरा–८ रत्नचोकका ३७ वर्षिय ईञ्जिनियर प्रविण भट्टराईको मृत्यू भएको हो ।
निर्माणाधीन घरको तातोपानीको सर्भे गर्न गएका भण्डारी नापजाँच गर्ने क्रममा दिउँसो १ बजे सो घरको पाँचौ तलाबाट अचानक खसेर गम्भीर घाईते भएका थिए । घाईते ईञ्जिनियर भण्डारीलाई तत्कालै उद्धार गरेर गण्डकी मेडिकल कलेज लगिएपनि दिउँसो २ः२७ बजे उपचारको क्रममा मृत्यू भएको कास्की प्रहरीले जारी गरेको सूचनामा जनाइएको छ । मृतक भण्डारी पोखरा–८ न्यूरोडस्थित मुक्ति ईनर्जी प्रालिका ईञ्जिनियर रहेको कास्कीका प्रहरी प्रवक्ता, प्रहरी नायव उपरीक्षक श्रवणकुमार विकले जानकारी दिए ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पर्यटन विभागले यही कात्तिक ११ देखि १५ गतेसम्म देशका विभिन्न स्थानमा भारी…







