७१ औँ विश्व कुष्ठरोग दिवसको अवसरमा जिल्लास्तरीय निबन्ध प्रतियोगिताका सम्पन्न भएको छ।
प्रतियोगिता नेपाल कुष्ठरोग निवारण संघ पोखरा शाखा र पोखरा आरोग्य आश्रमको आयोजनामा भएको हो ।सप्ताहव्यापी कार्यक्रम अन्तर्गत कुष्ठरोग सम्बन्धी गलत अवधारणाको अन्त्य गरौँ, मर्यादित व्यवहार गरौँ भन्ने शीर्षकमा भएको निबन्ध प्रतियोगितामा चरक हस्पिटलका कृष्ण पौडेल प्रथम, मणिपाल टिचिङ अस्पतालका करुणा रिजाल द्वितीय, चरकका आरति कुँवर र फेवा सिटीका आइस्मा परियार तृतीय भएका छन् ।
कार्यक्रमका प्रमुख अतिथि चरक इन्टिच्युट अफ हेल्थ एण्ड साइन्स क्याम्पसका प्रमुख केशवराज अधिकारीले स्वास्थ्य क्षेत्रमा लागेका विद्यार्थीहरुको पनि समाजमा स्वास्थ्यसम्बन्धी जनचेतना फैलाउने अभिभारा रहेको बताए ।
नेपाल कुष्ठरोग निवारण संघ कास्कीका अध्यक्ष सुभाष तझ्याले जहाँ ध्यान छ, त्यहाँ ज्ञान हुने र जहाँ ज्ञान छ त्यहाँ शिक्षा हुने, जहाँ शिक्षा छ त्यहाँ विकास हुने, जहाँ विकास त्यहाँ त्यहाँ प्रेम हुने भन्दै समाजका हुने हरेक खालका विभेद र कुष्ठरोग सम्बन्धी गलत धारणालाई समाजबाट निर्मुल पार्नुपर्ने बताए ।
चरक, मणिपाल र फेवासिटीका १५ जना विद्यार्थी सहभागी निबन्ध प्रतियोगितामा नेपाल कुष्ठरोग निवारण संघका केन्द्रिय उपाध्यक्ष नारायण शर्माको संयोजकत्वमा हरियोखर्क अस्पतालकी डा।नम्रता बस्नेत र सिद्ध मावि फलेपाटनका सहायक प्रधानाध्यापक जुना थापा निर्णय गरेका थिए ।
नेपाल कुष्ठरोग निवारण संघ पोखरा शाखाका अध्यक्ष सुभाष तझ्याको अध्यक्षतामा भएको कार्यक्रममा संयोजक कल्पना राणाले स्वागत गरेकी थिइन् ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


प्रिमियम मोटरसाइकल ब्रान्ड सीएफमोटोले पोखराको बिक्री, सर्भिस र स्पेयर पार्ट्ससहितको ३एस आउटलेट…







