पोखरा, माघ १९
उप–प्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले कपितय निराश भएर नेपाललाई सतीले सरापेको देश भनेर भन्ने गरेकोप्रति असहमति जाहेर गरेका छन् ।
पोखरामा शुक्रबारदेखि शुरु भएको गण्डकी प्रदेश स्तरीय सुरक्षा गोष्ठीको उद्घाटन शत्रलाई सम्बोधन गर्दै उप–प्रधान तथा गृहमन्त्री श्रेष्ठले बरु यो देश केहि सम्पन्नशाली, राजनीतिक दलका नेताहरु, र उच्च पदस्थ राजनीतिक नेतासहित कर्मचारीहरुको एउटा हिस्साले लुटको देश बनाउन खोजेकोचाहिं सत्य भएको बताएका हुन् । ‘तर अब त्यस्तो हुन दिनुहुन्न र दिईन्नपनि’–उनले भने । उनले सम्पन्नशाली, पहुँचवाला, सत्ताको भागिदार, सत्तासँग पहुँच भएका राजनीतिक दलका नेताहरु, कर्मचारीहरुको संलग्नतामा वा उनीहरुको संरक्षणमा हुने जालसाजी, किर्ते, ठगी र राज्यको लुटलाई कुनैपनि हालतमा छुट नदिईने बताए ।
आफैले आफैलाई रुपान्तरण गर्न जरुरी रहेको भन्दै उनले अगाडि थपे,‘हामी उहि ठूला बडा, पहुँच भएका, पैसा भएकाहरुकै वरीपरी हुन्छौं भने वा उनीहरु नै हाम्रा वरीपरी हुन्छन् भने यो लोकतन्त्र जनताले अपेक्षा गरेअनुसारको कर्तव्य पूरा नगरेको ठहरिन्छ ।’ उनले सुरक्षाकर्मीहरुलाई जनमुखी चरित्र, स्वच्छता र पारदर्शीता अप्नाउन आग्रह गर्दै यसो नगरे सराप्ने बताए ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


प्रधानमन्त्री वालेन्द्र शाहसँग भारतका स्थल सेनाध्यक्ष जनरल धीरज सेठले शिष्टाचार भेट गरेका…





