पोखरा, माघ १९
उप–प्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले सहकारीहरु आफ्नो मूल्य,मान्यताबाट बिचलित भएको आरोप लगाएका छन् । पोखरामा शुक्रबारदेखि शुरु भएको गण्डकी प्रदेश स्तरीय सुरक्षा गोष्ठीको उद्घाटन शत्रलाई सम्बोधन गर्दै उप–प्रधान तथा गृहमन्त्री श्रेष्ठले सहकारीका नाममा ठगी धन्दा र त्यसका सञ्चालकहरु ठगका रुपमा देखापरेको बताएका हुन् ।
सहकारीको नाममा ठगहरु देखापरेका छन्,उनले भने,‘जानाजान बचतकर्ताको पैसा दुरुपयोग गरिएको छ । अनियमितता भएको छ । अवैधानिक काम भएको छ । बचतकर्ताको ठूलो हिस्सा हिनामिना गरिएको छ ।’ उनले सहकारीको अचल सम्पतीबाट बचतकर्ताहरुको पैसा फिर्ता गरिनेपनि स्पष्ट पारे । पीडितलाई न्याय दिनु राज्यको दायित्व हो,उनले भने,‘समस्याग्रस्त सहकारीको अचल सम्पती जफत गरेर बचतकर्ताहरुलाई पैसा फिर्ता गरेर न्याय दिईनेछ ।’ उनले यसलाई कुनैपनि ढंगले ढिलासुस्ती, उपेक्षा गर्ने छुट नहुने बताए । साथै उनले सहकारीको मूल्य र मान्यता अनुसार चलाउनका लागि सहकारी ऐन संसोधन गर्न लागिएको बताउँदै अब छिट्टै सहकारीको नियमनकारी निकायपनि गठन गरिने बताए ।
उप–प्रधान तथा गृहमन्त्री श्रेष्ठले मिटरव्याज र सहकारी ठगीका कारण ठूलो संख्यामा नागरिकहरु ठगिएको बताए । यहि कारण कयौं परिवार घरबारविहीन भएको उनको भनाई छ । सहकारी, मिटरव्याज वा अनुचित लेनदेन लगायतमा ठूलो चुनौति छन्,उनले भने,‘मिटरव्याज समस्या नेपालको सामन्तवादको निकृष्ट अवशेष हो । यसलाई अन्त्य गर्न सरकारले आयोग बनायो, ऐन बनायो । सहजीकरण समिति बनाएर अहिले समाधानका कार्यहरु भइरहेका छन् ।’
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


प्रधानमन्त्री वालेन्द्र शाहसँग भारतका स्थल सेनाध्यक्ष जनरल धीरज सेठले शिष्टाचार भेट गरेका…





