उद्योग तथा व्यवसायी महासंघ गण्डकीको अध्यक्षमा बबरजङ्ग गुरुङ, सचिवमा यमनाथ


     एभरेस्ट आवाज    
     माघ २१ गते २०८० मा प्रकाशित




पोखरा, माघ २१

उद्योग तथा व्यवसायी महासंघ गण्डकीको अध्यक्षमा बबरजङ्ग गुरुङ (कास्की) चयन भएका छन् । महासंघ गण्डकीको शनिबार सम्पन्न प्रथम अधिवेशनले नेपाल पर्यटक यातायात व्यवसायी संघ (एनटिभिए) गण्डकीका पूर्व अध्यक्ष रहेका गुरुङको अध्यक्षतामा २३ सदस्यीय नया कार्य समिति चयन गरेको हो ।

महासंघको उपाध्यक्ष द्वयमा ईश्वरबहादुर विष्ट (तनहुँ) र भवनराज बराल (बागलुङ)लाई चयन गरेको छ भने सचिवमा यमनाथ पौडेल (कास्की) र कोषाध्यक्षमा पार्वती पाण्डे (कास्की) लाई निर्विरोध निर्वाचित गरेको छ ।

महासंघको उपसचिवहरुमा काशी गुरुङ (कास्की), नारायण शर्मा (म्याग्दी), सुशिला सिग्देल (स्याङ्जा) र नगेन्द्रप्रसाद पोखरेल (कास्की) चयन भएका छन् ।

यसैगरी महासंघको सदस्यहरुमा खगरेश्वरी शर्मा पौडेल (पर्वत), नारायणबहादुर कुँवर (पर्वत), सोमराज पाठक (बागलुङ), आनन्द सुन्दर श्रेष्ठ (तनहुँ), हस्तबहादुर खड्का (तनहुँ), भोजबहादुर रिजाल (म्याग्दी), अमृता ल्वागुन(म्याग्दी), कल्पना थापा बोहोरा (लमजुङ), सरोज पौडेल (लमजुङ), युवराज पौडेल (लमजुङ), प्रकाश थापा (कास्की), थोमनाथ अर्याल (कास्की), शिवप्रसाद तिवारी (कास्की) र यादवप्रसाद पोखरेल (कास्की) चयन भएका छन् ।

महासंघका निवर्तमान अध्यक्ष सञ्जीवबहादुर कोईरालाको अध्यक्षतामा भएको अधिवेशनको नेकपा एमालेका उपमहासचिव पृथ्वी सुब्बा गुरुङले उद्घाटन गरेका थिए ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।