नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सामान्य अङ्कको सुधार देखिएको छ । आज नेप्से परिसूचक नौ दशमलव ४४ अङ्कले बढेर दुई हजार ८५ दशमलव ७१ बिन्दुमा कायम भएको छ ।
आज तीन सय १५ कम्पनीको ७६ लाख २४ हजार तीन सय ७६ कित्ता शेयर ६६ हजार पाँच सय ५९ पटक खरिदबिक्री हुँदा रु दुई अर्ब ५९ करोड १५ लाख ३४ हजार नौ सय सात बराबरको कारोबार भएको छ ।
व्यापार समूहको उपसूचक शून्य दशमलव ५४ र अन्य समूहको उपसूचक शून्य दशमलव ५५ प्रतिशतले घटेको छ भने अरु सबै समूहको उपसूचक बढेको छ । सबैभन्दा धेरै निर्जीवन बीमा समूहको उपसूचकमा एक दशमलव ०७ प्रतिशतको वृद्धि देखिएको छ ।
समाज लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर मूल्य आज सबैभन्दा धेरै नौ दशमलव नौ प्रतिशतले बढेको छ भने सामलिङ पावर कम्पनी लिमिटेडको शेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ ।
कारोबार रकमका आधारमा हिमालयन रिइन्स्योरेन्स लिमिटेडको रु ३३ करोड ७६ लाख दुई हजार चार सय ७० बराबरको शेयर किनबेच भएको छ । कारोबार भएका शेयर सङ्ख्याका आधारमा भने एनएमबी सुलभ इन्भेष्टमेन्ट फन्ड–२ को पाँच लाख तीन हजार नौ सय कित्ता शेयर खरिदबिक्री भइको छ । रासस
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पर्यटन विभागले यही कात्तिक ११ देखि १५ गतेसम्म देशका विभिन्न स्थानमा भारी…







