नेपाल राष्ट्रिय शिक्षक संगठन माछापुच्छ्रेमा चापागाईं


     एभरेस्ट आवाज    
     फागुन ५ गते २०८० मा प्रकाशित




पोखरा । नेपाल राष्ट्रिय शिक्षक संगठन माछापुच्छ्रे गाउँपालिकाको अध्यक्षमा कृष्णप्रसाद चापागाईंको अध्यक्षतामा नयाँ कार्यसमित सर्वसम्मत चयन भएको छ ।

शनिबार सम्पन्न शिक्षकहरुको भेलाले आगामी ३ वर्षका लागि चापागाईंको अध्यक्षतामा ३५ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो ।

संगठनको महिला उपाध्यक्षमा जौमाया नेपाली, उपाध्यक्षमा जीतबहादुर क्षेत्री, सचिवमा सन्तोष देवकोटा, कोषाध्यक्षमा बलराम पौडेल, सह–सचिवमा विष्णुमाया पोखरेल, र सह–कोषाध्यक्षमा निर्मलादेवी शर्मा सर्वसम्मत चयन भएका हुन् ।

अध्यक्ष मण्डलमा संगठनका प्रदेश सदस्य उमनाथ गौतमको संयोजकत्वमा कास्की जिल्ला उपाध्यक्षद्वय बसन्धरा पौडेल, हर्क लामिछाने र सदस्य प्रदिप न्यौपाने सदस्य रहेका थिए । त्यस्तै निर्वाचन मण्डलमा जिल्ला कमिटी सचिव तीर्थराज ढकालको संयोजकत्वमा जिल्ला सह–सचिव जुना थापा र जिल्ला सदस्य दामोदर तिमिल्सिना निर्वाचन कमिटीमा रहेका थिए ।

यसअघि कार्यक्रमको नेपाल राष्ट्रिय शिक्षक संगठन गण्डकीका अध्यक्ष रोमहर्षण पौडेलले कार्यक्रमको उद्घाटन गरे । उनले नेपाल राष्ट्रिय संगठन कुनैपनि पार्टीको घटक संगठन नभईकन २०३६ सालदेखि अनवरतरुपमा सम्पूर्ण शिक्षकको हकहितका लागि आवाज उठाउँदै आएको बताए । अब चयन हुने नयाँ नेतृत्वलाई शुभकामना व्यक्त गर्दै गुणस्तरीय सिकाई संगसंगै शिक्षकको हकहितको पक्षमा आवाज उठाउने गरि नेतृत्व गर्न आग्रह गरे ।

यसअघि संगठनका अध्यक्ष मातृका प्रसाद आचार्यको अध्यक्षतामा भएको कार्यक्रममा गाउँपालिकाभरि निवृत्त शिक्षकहरु तथा संगठनको गण्डकी प्रदेशको अध्यक्षमा हालै निर्वाचित भएका कार्यक्रमका प्रमुख अतिथिसमेत रहेका रोमहर्षण पौडेललाई सम्मानपत्रद्वारा सम्मान गरिनुका साथै सचिव कृष्णप्रसाद चापागाईंको सांगठनिक प्रतिवेदन, कोषाध्यक्ष बलराम पौडेलको आर्थिक प्रतिवेदन पारित गरिएको थियो ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।