पोखरा, फागुन ७
पोखराका राजेन्द्रबहादुर कोईरालाले कांग्रेस त्यागेको घोषणा गरेका छन् । नेपाली कांग्रेस पोखरा–४ बाट क्षेत्रीय प्रतिनिधि रहेका कोईरालाले प्रजातन्त्र दिवसको अवसर पारेर कांग्रेस त्यागेको घोषणा गरेका हुन् । कोईरालाले सोमबार पोखरामा पत्रकार सम्मेलन गर्दै कांग्रेसले बाटो बिराएकाले त्यागेको बताए ।
बिपी कोईरालालाई देखेर कांग्रेसमा लागेपनि कृष्णप्रसाद भट्टराईको अवसानपछि कांग्रेसले बाटो बिराएकाले आफूले कांग्रेस त्यागेको उनको भनाई छ ।
चालीसको दशकदेखि कांग्रेसका लागि लड्दै, भिड्दै जीवन समर्पण गरेको आफूलाई कांग्रेसले अपहेलना गरेको उनको गुनासो छ । किसान, मजदुर र निमुखाको जीवनस्तर परिवर्तन भएन,‘त्यो देखेर मेरो मन पोल्छ । केहि गर्छु भन्दा अवसर कहिल्यै दिएन । जोगी बन्न राजनीतिमा लागेको त होइन तर कांग्रेसले मेरो योगदानको मूल्याङ्कन नै गरेन । त्यसैले आज प्रजातन्त्र दिवसको दिनमा टेकेर कांग्रेस त्याग्ने निर्णय गरेको हुँ ।’ कांग्रेसलाई बुझ्न समय लागेपनि बुझेपछि त्यागेको उनको भनाई छ । ‘रुझेपछि ओत किन खोज्नु ?, बुझेपछि मत किन दिनू’–उनले भने ।
कांग्रेस त्यागेको घोषणा गरेका कोईरालाले अब आईन्दा कांग्रेसको क पनि उच्चारण नगर्ने बताए । कांग्रेसबाट विरक्त लागेर त्योगेको घोषणा गरेका उनले भने,‘राजिखुशी कांग्रेस त्यागेको हुँ, अबदेखि कांग्रेसको ‘क’ पनि उच्चारण गर्दिन, अनि कांग्रेस कार्यालय फर्केरपनि हेर्दिन ।’ उनले कांग्रेस त्यागेपनि अरु कुनै पार्टीमा नगई स्वतन्त्र जीवन बिताउने संकल्प गरे ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखराको न्यूरोडमा भएको सवारी दुर्घटनामा एक युवकको ज्यान गएको छ । आज…







