फागुन १४ काठमाण्डौं ।भजनशिरोमणि गायक तथा सङ्गीतकार भक्तराज आचार्यको आज निधन भएको छ ।
८२ वर्षिय आचार्यको सोमबार अपरान्ह ललितपुरको मेडिसिटी अस्पताल लैजाने क्रममा बाटोमै निधन भएको संगीतकार चेतन सापकोटाले जानकारी दिए । आचार्य विगत केही समयदेखि बिरामी थिए ।
उनको शव भोलि बिहान अन्तिम श्रद्धाञ्जलीका लागि बिहान ९ बजे सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानमा राखिने भएको छ । त्यसपछि भोलि नै आर्यघाटमा अन्तिम संस्कार गरिने तयारी छ ।
आचार्यले मुटु जलिरहेछ, हजार सपनाको माया लागेर आउँछ, जति चोट दिन्छ्यौ देऊ मायालु, माया मेरी साँझ बनी जस्ता गीतहरू गाउनुभएको छ । साथै उहाँले थुप्रै भजन, राष्ट्रिय गीत पनि गाएका थिए ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीको सही नीति र विचारका आधारमा…







