गठबन्धन परिवर्तनले गण्डकीका मुख्यमन्त्री आक्रोसित : गरे दुई मन्त्री बर्खास्त


     एभरेस्ट आवाज    
     फागुन २२ गते २०८० मा प्रकाशित




पोखरा, फागुन २२

केन्द्रमा गठबन्धन परिवर्तन भएसँगै त्यसको प्रभाव प्रदेशमापनि देखिन थालेको छ । केन्द्रमा सत्ता समीकरणमा फेरबदल आएसँगै गण्डकीमा त्यसको प्रभाव स्वरुप दुई मन्त्री बर्खास्तमा परेका छन् ।

गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले नेकपा माओवादीबाट मन्त्री बनेका दुई मन्त्रीलाई सोमबार विहानै बखास्त गरेका हुन् । मुख्यमन्त्री पाण्डेले स्वास्थ्य तथा सामाजिक विकास मन्त्री सुशीला सिंखडा र भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्री रेशमबहादुर जुग्जाली मगरलाई बर्खास्त गरेको मुख्यमन्त्रीको सचिवालयले जनाएको छ । गठबन्धन परिवर्तनबाट आक्रोसित बनेका मुख्यमन्त्री पाण्डेले बर्खास्तमा परेका मन्त्रीहरुको जिम्मेवारी खोसेर मुख्यमन्त्री आफैले राखेका छन् ।

गण्डकी प्रदेशमा नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रबीच सत्ता समीकरण बनेको थियो । कांग्रेसले मुख्यमन्त्रीसहित ५ मन्त्रालय तथा माओवादीबाट २ मन्त्री बनाइएको थियो । तर केन्द्रमा गठबन्धनमा आएको फेरबदलसँगै कांग्रेसबाट मुख्यमन्त्री बनेका पाण्डेले त्यसको रिस प्रदेशका मन्त्री बखास्त गरेर पोखेका छन् । केन्द्रमा गठबन्धनमा अदलबदल नहुँदासम्म गण्डकीमा मन्त्री हेरफेर गर्ने कुरासम्म आएको थिएन । तर केन्द्रमा आएको फेरबदलसँगै मुख्यमन्त्री पाण्डेले अचानक मन्त्री बखास्त गरेका हुन् ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।