बालिकामाथि यौन दुव्र्यवहार गरेको आरोपमा पोखराका श्रेष्ठ पक्राउ


     एभरेस्ट आवाज    
     फागुन ३० गते २०८० मा प्रकाशित




बालिकामाथि यौन दुव्र्यवहार गरेको आरोपमा पोखराबाट एक जना पक्राउ परेका छन् । १५ वर्षिया बालिकालाई यौन दुव्र्यवहार गरेको आरोपमा पोखरा ८ सभागृहचोक बस्ने ४६ वर्षिय सुरेश श्रेष्ठलाई कास्की प्रहरीले पक्राउ गरेको हो ।

श्रेष्ठले गत सोमबार विहान ७ः३० बजेको समयमा बालिकालाई यौन दुव्र्यवहार गरेको भन्दै जिल्ला प्रहरी कार्यालय कास्कीमा जाहेरी परेपछि उनलाई पक्राउ गरिएको कास्की प्रहरीले जानकारी दिएको छ ।

श्रेष्ठमाथि बालबालिका विरुद्ध कसूर (बाल यौन दुर्व्यवहार) मुद्दामा कास्की जिल्ला अदालतबाट दिन पाँच (५) म्याद थप गरी अनुसन्धान कार्य भईरहेको प्रहरीको भनाई छ ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।