फाइल तस्विर
पोखरा । गण्डकीका मुख्यमन्त्री सुरेन्द्र राज पाण्डेले आज राजीनामा दिने भएका छन्।
माओवादीले समर्थन फिर्ता लिएपछि अल्पमतमा परेका मुख्यमन्त्री पाण्डेले आज राजीनामा दिने तयारी गरेका हुन् । विश्वासको मत लिने भए आज अपराह्न सम्ममा प्रदेश सभामा जानकारी गराइसक्नु पर्नेछ। तर विश्वासको मत पाउने अवस्था नदेखेपछि मुख्यमन्त्री पाण्डेले राजीनामा दिने तयारी गरेको उहाँ निकट स्रोतले जनाएको छ। पाण्डे आज राजीनामा दिएपनि पुनस् ठूलो दलको हैसियतमा मुख्यमन्त्री बन्ने आशामा छन्। राप्रपाले २७ गते अगाडि कसैलेपनि समर्थन नगर्ने नीति लिएको अवस्थामा त्यसअघि नयाँ गठबन्धनको सरकार बन्ने स्थितिको आंकलन गर्दै उनले राजीनामा दिन लागेको स्रोत बताउँछ। त्यसो भएमा आफूलाई पुन: ठूलो दलको हैसियतमा मुख्यमन्त्री बन्नबाट रोक्न नसक्ने उनको बुझाइ छ । गण्डकीमा कांग्रेस २७, एमाले २२, माओवादी ८(सभामुखसहित), राप्रपा २ र स्वतन्त्रबाट जितेर नेकपा एकीकृत समाजवादी प्रवेश गरेका तर अहिले राजीनामा दिएका दीपक मनाङे सांसद छन् ।
६० सदस्यीय गण्डकी प्रदेश सभामा पाण्डेले आफ्नो पार्टी कांग्रेस सहित राप्रपाको २, दीपक मनाङे र माओवादीको गणना गरिँदै आएको तर नेपाल समाजवादी पार्टीका फडिन्द्र देवकोटाको समर्थन लिने प्रयास गरेका छन्।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीको सही नीति र विचारका आधारमा…







