पोखरा, चैत २९
पोखराबाट ध्वनी प्रदुषण गर्ने करीब २ हजार प्लाष्टिकका बाजाहरु प्रहरीले बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालय कास्कीले ध्वनी प्रदुषण गर्ने १ हजार ९ सय १५ वटा प्लाष्टिकका बाजाहरु बरामद गरेको जनाएको हो ।
कास्की प्रहरीका अनुसार पोखरा महानगरपालिका वडा नम्बर–३ स्थित तेर्सापट्टीका विभिन्न स्थानमा बेच्न राखिएका ७१५ वटा साना तथा ठूला प्लाष्टिकका ध्वनी प्रदुषण गर्ने बाजाहरु बरामद गरिएको छ । त्यस्तै पोखरा–६ लेकसाईडबाट १२०० वटा ध्वनी प्रदुषण गर्ने साना तथा ठूला प्लाष्टिकका बाजाहरु बरामद गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक वसन्तकुमार शर्माले जानकारी दिए ।
उनका अनुसार १९ औं फेवा महोत्सव तथा नयाँ वर्ष २०८१’ लाई मध्यनजर गर्दै बजारमा बेच्नका लागि ल्याइएका ध्वनी प्रदुषण गर्ने प्लाष्टिकका बाजाहरु बरामद गरिएको हो ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पर्यटन विभागले यही कात्तिक ११ देखि १५ गतेसम्म देशका विभिन्न स्थानमा भारी…







