चिसोका कारण बाग्लुङको एक विद्यालय बन्द


     एभरेस्ट आवाज    
     माघ ३ गते २०७७ मा प्रकाशित




साङ्केतिक तस्विर

बाग्लुङ । बाग्लुङको एक विद्यालय चिसो बढेपछि बन्द गरिएको छ । जिल्लाको ढोरपाटन नगरपालिका–५ अधिकारी चौरमा अवस्थित ज्योति विकास आधारभुत विद्यालय ४५ दिनका लागि बन्द गरिएको विद्यालय प्रसासनले जानकारी दिएको छ ।

चिसोले बिहान बेलुका तुसारो पर्ने र दिउँसोमा सिरेठो चल्ने भएकाले आगामी फागुनसम्म सो विद्यालय बन्द गरिएको विद्यालयका प्रधानाध्यापक चकबहादुर अदैले जानकारी दिए ।

चिसो बढ्न थालेपछि त्यहाँका स्थानिय चिसो छल्नका लागि बेंशी झर्ने गर्दछन् । विद्यालय आगामी फागुन २ गतेबाट भने पुनः सञ्चालन गरिने प्रअ अदैले बताए ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।