पोखरा, बैशाख १६
क्षत्री समाज नेपालको अध्यक्षमा पोखराका रिवबहादुर थापा चयन भएका छन् । समाजको चौथो राष्ट्रिय महाधिवेशनले थापालाई अध्यक्षमा सर्वसम्मत चयन गरेको हो । समितिको वरिष्ठ उपाध्यक्षमा लेखबहादुर कार्की, उपाध्यक्ष (महिला)मा अमृतदेवी वानिया, प्रदेश अन्तर्गत उपाध्यक्षमा लालबहादुर अधिकारी, श्याम कार्की र राजेन्द्र अधिकारी चयन भएका छन् ।
समाजको केन्द्रीय महासचिवमा पोखरेली पत्रकार कृष्णबहादुर थापा चयन भएका छन् भने कोषाध्यक्षमा पदमबहादुर कार्की र लेखा समितिको अध्यक्षमा शंकरबहादुर के.सी. तथा सचिवमा पदमबहादुर के.सी चयन भएका छन् ।
समाजको महाधिवेशनले पदाधिकारीसहित ४१ सदस्यीय केन्द्रीय समिति सर्वसम्मवत चयन गरेको निर्वाचन समिति संयोजक चन्द्रबहादुर रोकाहाले जानकारी दिए । नवनिर्वाचित कार्यसमितिको पदस्थापनसमेत सम्पन्न भएको जनाइएको छ ।
पदस्थापन कार्यक्रममा बोल्दै समाजका नवनिर्वाचित अध्यक्ष रिवबहादुर थापाले समाजको उद्देश्य अनुसार कार्य गर्ने गरी समाजलाई अगाडी बढाउन नवनिर्वाचित कार्यसमिति सकृय भएर लाग्ने प्रतिबद्धता जनाए ।
२०५३ सालमा स्थापना भएको क्षत्री समाजले सम्पूर्ण खस क्षत्रीहरुको साझा संस्थाको रुपमा राष्ट्रिय अखण्डता र जातिय सदभावका लागि देशभर विभिन्न कार्यक्रमहरु गर्दै आएको महासचिव कृष्णबहादुर थापाले बताए ।
कार्यक्रममा समाजका निर्वतमान अध्यक्ष प्रा.डा दिलबहादुर क्षेत्री, प्रा.डा चन्द्रबहादुर थापा, पूर्वमन्त्री एवं सल्लाहकार कुमार खडका, शोभियतबहादुर अधिकारी, प्रेमबहादुर जि.सी, अध्यक्षका प्रत्यासी पूर्व महासचिव केशबहादुर के.सी, लुम्विनी प्रदेश अध्यक्ष पृथ्वी फौजदार, गण्डकी प्रदेश अध्यक्ष ईन्द्रमान खत्री, महिला समाज अध्यक्ष उर्मिला खड्का, तनहुँ जिल्ला अध्यक्ष शम्भु अधिकारी, युवा समाजका केन्द्रीय अध्यक्ष दीपक गोदार, भुपू समाजका अध्यक्ष मानबहादुर थापा लगायतले समाजको गरिमालाई देशव्यापी बढाउनुपर्नेमा जोड दिए ।
निर्वाचन समिति संयोजक चन्द्रबहादुर रोकाहाको अध्यक्षतामा भएको कार्यक्रममा निर्वाचन समिति सदस्य गणेशबहादुर अधिकारी, यामबहादुर खत्रीले निर्वाचनसम्वन्धी धारणा राखेका थिए ।
केन्द्रीय महाधिवेशनमा देशभरबाट ४६ जिल्लाका प्रतिनिधिको सहभागिता रहेको थियो ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पर्यटन विभागले यही कात्तिक ११ देखि १५ गतेसम्म देशका विभिन्न स्थानमा भारी…







