पोखरा । नेपाल छाङहिन अन्तरास्ट्रिय तेक्वान्दो महासंघले पहिलो एशियाली खेलकुद प्रतियोगिता आयोजना गर्ने भएको छ। मे २४(२६ , २०२४ मा काठमाण्डौको दशरथ रंगशालामा प्रतियोगिता आयोजना गर्न लागेको हो ।
उक्त कार्यक्रममा सहभागी जनाउन १६ एशियाली मुलुक लगाएत अन्य देशका खेलाडीहरुले सहमागिता जनाउने आयोजकले बताएको छ ।
नेपाल सिएच आईटीएफका केन्द्रिय अध्यक्ष कुल बहादुर बुढा मगर कुशलका अनुसार नेपाली खेलकुद जगतमा नेपाललाई विश्व सामु चिनाउने हेतुले कार्यक्रम आयोजना गर्न लागिको हो ।
उनका अनुसार यस प्रतियोगिताले खेल संगै नेपालको पर्यटन प्रबर्द्धन र विकासमा ठूलो टेवा पुग्नेछ ।
प्रतियोगितालाई भव्यताका साथ सम्पन्न गर्न विभिन्न बिभागहरु समेत गठन गरि तिब्र तयारी भइ रहेको आयोजक समितिले जानकारी दिएको छ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पर्यटन विभागले यही कात्तिक ११ देखि १५ गतेसम्म देशका विभिन्न स्थानमा भारी…







