१०० रुपैयाँको नोटमा नेपालको चुच्चे नक्सा राखिने


     एभरेस्ट आवाज    
     वैशाख २१ गते २०८१ मा प्रकाशित




बैशाख २१

नेपाली १०० रुपैयाँको नोटमा चुच्चे नक्सा राखिने भएको छ । नेपाल सरकार, मन्त्री परिषदको शुक्रबार बसेको बैठकले नेपाली १०० रुपैयाँको नोटको अग्रभागको पृष्ठभूमिमा नेपालको नया नक्सा अर्थात चुच्चे नक्सा राख्ने निर्णय गरेको हो । १०० रुपैयाँको नोटको अग्रभागमा हाल पुरानो नेपालको नक्सा राखिएको छ । सोहि ठाउँमा चुच्चे नक्सा रिप्लेसमेन्ट गरेर डिजाईन गर्न अनुमति दिने निर्णय भएको जनाइएको छ ।

यसअघि केपी ओलीको प्रधानमन्त्री कालमा चुच्चे नक्सा बनाइएको थियो । तर अहिलेसम्म उक्त नक्सा प्रयोगमा ल्याइएको थिएन ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।