जबरजस्ती करणी गरेर फरार प्रतिवादी १० वर्षपछि पोखराबाट पक्राउ


     एभरेस्ट आवाज    
     वैशाख २३ गते २०८१ मा प्रकाशित




पोखरा, बैशाख २३

जबरजस्ती करणी गरेर फरार भएका प्रतिवादी १० वर्षपछि पक्राउ परेका छन् । जबरजस्ती करणी गरेर फरार भएका स्याङ्जाको चापाकोट नगरपालिका वडा नम्बर ७ स्थायी घर भई हाल जिल्ला कास्की पोखरा महानगरपालिका वडा नम्बर १५ क्रान्तिटोल बस्ने ३७ वर्षिय पुर्णबहादुर गुरुङलाई कास्की प्रहरीले पक्राउ गरेको हो । उनलाई वडा प्रहरी कार्यालय रामबजारबाट खटिएको प्रहरी टोलीले आज विहान ८ बजे पक्राउ गरेको हो प्रहरीले जनाएको छ ।

गुरुङले अन्य ३ जनासहितको सहभागितामा १० वर्षअघि २०७१ साल असार ६ गते साँझ ८ः३० बजेको समयमा पोखरा–१५ शिवशक्ति चोकस्थित क्रान्तिकारी टोल नजिकै बस्ने ४२ वर्षिया एक महिलालाई सामुहिक वलात्कार गरेको आरोप छ । सो बेला उक्त समूहले बाटो छेकेर घेराबन्दीमा पारी मुख थुनेर जबरजस्ती बलात्कार गरेको पीडितले दाबी गरेकी थिईन् । सोहि आरोपमा परेको मुद्धामा तत्कालीन कास्की जिल्ला अदालतले २०७९ साल कात्तिक २३ गते ११ वर्ष कैद र २५ हजार जरिवाना गर्ने फैसला गरेको थियो । फैसलापश्चात गुरुङ फरार रहँदै आएका थिए ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।