पोखरा, बैशाख २३
जंगलमा आगो लगाएको आरोपमा कास्कीका एक जनालाई प्रहरीले पक्राउ गरेको छ । कास्की जिल्ला अन्नपूर्ण गाउँपालिका वडा नम्बर–३ मराम्चेस्थित सामुदायिक जंगलमा आगो लगाएको आरोपमा स्थानिय मराम्चे निवासी ३९ वर्षिय अगन्धर पौडेललाई कास्की प्रहरीले पक्राउ गरेको हो ।
वनमा आगलागी भएपछि आगो लगाउने व्यक्तिको खोजी गर्न वडा प्रहरी कार्यालय बगरबाट एक टोली खटिएको थियो । सोहि प्रहरी टोलीले स्थानियलाई सोधपुछ गर्दा उनीहरुले पौडेलले आगो लगाएको आरोप लगाएका थिए । ततपश्चात प्रहरीले उनलाई पक्राउ गरी सोधपुछ गर्ने क्रममा आगो लगाएको स्वीकार गरेको कास्की प्रहरीले आईतबार जारी गरेको सूचनामा उल्लेख छ । यद्वपी पौडेलले वनमा आगो लगाउने उद्देश्यले नभई आफ्नो खरबारीमा सुकेका घसेटामा लगाएको आगो अनियन्त्रित भई सामुदायिक जंगलमा फैलिएको जिकीर गरेका छन् ।
प्रहरीले आरोपी पौडेललाई पक्राउ गरी आवश्यक अनुसन्धान तथा कारवाहीको लागि डिभिजनवन कार्यालय बगरमा कास्कीमा पठाएको जनाएको छ ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीको सही नीति र विचारका आधारमा…







