विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीको कास्की सेक्रेटरीमा उमेश सिके


     एभरेस्ट आवाज    
     वैशाख २५ गते २०८१ मा प्रकाशित




पोखरा, बैशाख २५

नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीको कास्की सेक्रेटरीमा उमेश सिके चयन भएका छन् । सो पार्टीको गण्डकी प्रदेशको पहिलो बैठकले पोखरा–३ नदीपुर निवासी सिकेलाई कास्की सेक्रेटरीको जिम्मा दिने निर्णय गरेको हो ।

बैठकले आस्था सी लाई कास्की ईञ्चार्जको जिम्मेवारी तोकेको सेक्रेटरी उमेश सिकेले जानकारी दिए ।

त्यस्तै, बैठकले बागलुङ जिल्ला ईञ्चार्जमा आजाद सी, म्याग्दी ईञ्चार्जमा अविरल सी, स्याङ्जा ईञ्चार्जमा उभार सी, पर्वत ईञ्चार्जमा सुशीला सी, मुस्ताङ ईञ्चार्जमा आकाश सी, तनहुँ ईञ्चार्जमा निशान सी, नवलपुर ईञ्चार्जमा जुझारु सी लाई जिम्मेवारी दिएको छ ।

यसैगरी बैठकले पर्वत सेक्रेटरीमा किरण सी, स्याङ्जा सेक्रेटरीमा सागर सी, मुस्ताङ सेक्रेटरीमा प्रकाश सी, तनहुँ सेक्रेटरीमा विलास सी, गोरखा सेक्रेटरीमा काजी सी, नवलपुर सेक्रेटरीमा सुमन सी, लमजुङ सेक्रेटरीमा रवीन्द्र सी, मनाङ सेक्रेटरीमा बिजय सी, बागलुङ सेक्रेटरीमा प्रसिद्ध सी र म्याग्दी सेक्रेटरीमा अविरल सी लाई जिम्मेवारी सुम्पिएको छ ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।