पोखरा, बैशाख २९
पोखराको अति व्यस्त बजार मानिने सर्वेश्वर मार्गका व्यवसायीहरु व्यापार प्रवद्र्धन गर्न छिमेकी जिल्लाहरुको भ्रमणमा जाने भएका छन् । चिप्लेढुंगादेखि सर्वेश्वर मार्ग, पराजुली मार्ग हुँदै गैह्रापाटनसम्म फैलिएको सर्वेश्वर मार्गका व्यवसायीहरुको साझा संस्था सर्वेश्वर व्यवसायी समितिको अगुवाईमा त्यहाँका व्यवसायीहरु व्यापार प्रवद्र्धन गर्न छिमेकी जिल्लाहरुको भ्रमणमा निस्कन लागेका हुन् ।
सातामा सातै दिन व्यवसाय खोल्न थालेका व्यवसायीहरु व्यापार प्रवद्र्धनका लागि कास्कीको उत्तरी क्षेत्र पर्वतको कुश्मा, म्याग्दीको बेनी, बागलुङ, गलकोट, हटियाहुँदै पूर्वी रुकुमका विभिन्न क्षेत्र पुग्ने समितिका अध्यक्ष तुलबहादुर थापा (राजन)ले जानकारी दिए । उनका अनुसार व्यवसाय प्रवद्र्धनका लागि समितिले नया वर्षको अवसर पारेर क्यालेन्डर प्रकाशन गरेको छ । ‘सोहि क्यालेन्डर लिएर हामी छिमेकी जिल्लाहरु जान्छौं । व्यवसायीहरुले आ–आफ्नो व्यवसाय प्रवद्र्धन गर्ने पर्चा, पम्प्लेट, ब्रुसरलगायतपनि लिएर जानसक्छन्’–अध्यक्ष थापाले भने ।
व्यापार प्रवद्र्धनका लागि ईच्छुक व्यवसायीहरुको नाम संकलन गर्ने कार्य भइरहेको समितिका महासचिव विशाल अधिकारीले जानकारी दिए । उनका अनुसार प्रवद्र्धनका लागि जान चाहने व्यवसायीहरुलाई नाम टिपाउन खुल्ला आह्वान गरिएको छ । ‘ईच्छुकहरुलाई समेटेर हामी व्यापार प्रवद्र्धनमा जान्छौं’–उनले भने । भ्रमणपछि सर्वेश्वर मार्गमा सामान खरिद गर्न आउने त्यस क्षेत्रका व्यवसायी तथा ग्राहकहरुको संख्या बढ्ने समितिको विश्वास रहेको कार्यक्रम संयोजक मुक्तिराम दाहालले बताए ।
समितिले व्यवसायीक प्रवद्र्धन गर्ने उद्देश्यले समितिका बरिष्ठ उपाध्यक्ष छवीलाल गौतमको संयोजकत्वमा क्यालेन्डर प्रकाशन गरेको थियो । सो क्यालेन्डर यसअघि नै विमोचन गरिसकिएको छ ।
सर्वेश्वर मार्गका होलसेल व्यवसायीले चीन, थाईल्याण्ड र भारतबाट सिधै सामान ल्याएर बेच्ने गरेका छन् भने स्वदेशी सामान उत्पादन हुने फ्याक्ट्रीमै पुगेर खरिद गर्नेगरेका छन् । जसका कारण गुणस्तरीय सामान सस्तोमा पाईने समितिका महाचिव विशाल अधिकारीले बताए ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पर्यटन विभागले यही कात्तिक ११ देखि १५ गतेसम्म देशका विभिन्न स्थानमा भारी…







