वैशाख ३१ काठमाण्डौं । नेपाल प्रहरीको केन्द्रीय प्रहरी प्रवक्तामा प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) दानबहादुर कार्की चयन भएका छन् ।
प्रहरी प्रधान कार्यालयले आज प्रहरी महानिरीक्षकका सचिवालयमा कार्यरत एसएसपी कार्कीलाई प्रहरी केन्द्रीय प्रवक्ताको जिम्मेवारी तोकेको हो ।
प्रहरीद्वारा सम्पादित जनसरोकारका काम–कारबाहीलाई यथार्थ तथा तथ्यगत रुपमा सञ्चारमाध्यममा सम्प्रेषण गर्नका लागि एसएसपी कार्कीलाई प्रवक्ताको जिम्मेवारी तोकिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।
प्रहरी वरिष्ठ उपरीक्षक कार्कीलाई ९८५१२९२१११ र इमेल ठेगाना spokesperson@nepalpolice.gov.np मा सम्पर्क गर्न सकिने जनाइएको छ ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पर्यटन विभागले यही कात्तिक ११ देखि १५ गतेसम्म देशका विभिन्न स्थानमा भारी…







