ग्रील तथा स्टिलजन्य वस्तुको मूल्यवृद्धि नियन्त्रण गर्न महासंघको ध्यानाकर्षण


     एभरेस्ट आवाज    
     जेठ ११ गते २०८१ मा प्रकाशित




फाइल तस्विर

काठमाण्डौँ । ग्रीलजन्य फलाम र निर्माण सामाग्रीको अनियन्त्रित रूपमा भएको उच्च मूल्य वृद्धिले सम्पूर्ण ग्रील उद्योग बन्द हुने अवस्थामा पुगेको भन्दै ग्रील तथा स्टिल व्यवसायी महासंघ नेपालले सो नियन्त्रणका लागि माग गरेको छ ।

अन्तर्राष्ट्रिय बजारमा फलामको कच्चा पदार्थ ब्लेडको मूल्यमा वृद्धि नभएको अवस्थामा पनि नेपाली बजारमा केही सीमित उद्योगी र सरकारमा रहेका मानिसहरूको आपसी मिलेमतोमा ग्रीलजन्य फलामको मूल्य बढाइएको भन्दै महासंघले आपत्ति जनाएको हो ।

देशभर सञ्चालित ११ हजारभन्दा बढी ग्रील उद्योग त्यसमा कार्यरत करिब एक लाख ६० हजार श्रमिक र तिनमा आश्रित १५ लाख व्यक्तिको रोजगारी गुम्ने अवस्था आएकोले अस्वाभाविक मूल्य वृद्धिको अनुगमन गरी उचित कारबाही गर्ने व्यवस्था मिलाउन महासंघले सरोकारवाला पक्षको ध्यानाकर्षण गरेको छ ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।