जेठ १२ पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले राजनीति र सञ्चार क्षेत्र शंका रहित हुनुपर्ने बताएका छन् ।
शनिबार नेपाल पत्रकार महासंघ कास्कीको १७ औँ साधारण सभा एवं १२ औं अधिवेशनको अवसरमा आयोजित कार्यक्रममा बोल्दै उनले दुवै क्षेत्र अझै खारिन बाँकी रहेको प्रष्ट पारे । एकोहोरो रुपमा लाग्दा एक रथका दुई प्राङ्गाको रुपमा रहेका दुवै क्षेत्र शंकाको घेरामा पर्ने तर्क उनको छ । ‘हामी कानून र विधिका कुरामा एकतावद्ध भएर जान्छौ । तर, हामीलाई तपाईले सचेत गराउनैपर्छ’ उनले भने ।
उनले सञ्चार क्षेत्र आवाजविहीनहरूको आवाज माथि उठाउन, विना पूर्वाग्रह, विना पक्षधरता व्यावसायिक तरिकाले खरो रुपमा उत्रनेछ भन्ने शुभेक्क्षा व्यक्त गरे । ‘केही विषय त्यसरी नै उठाउँदा कहीँ फरक त परेन भनेर समीक्षा गर्नुभयो भने हामी समीक्षा गर्न आफू बाध्य हुन्छौं’ उनले भने ।
सन्तुलन नगुमाई, आवेगमा नआई, आफ्नो परिपक्कता राजनीतिक क्षेत्र तथा सञ्चार क्षेत्रले देखाउनुपर्ने भन्दै यसको लागि साथ र सहयोग गर्ने आश्वासन मुख्यमन्त्री अधिकारीले दिए । ‘राजनीतिक अधिकार प्राप्तिको एजेण्डा व्यवस्थित भैसकेपछि आर्थिक एजेण्डालाई पहिलो बनाएर अगाडि बढ्ने क्रममा यसका केही परिपक्कता अझै बाँकी छ, त्यसलाई हामी परिपक्क बनाउन कोशिस गरिरहेका छौँ ।’ उनले थपे ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पर्यटन विभागले यही कात्तिक ११ देखि १५ गतेसम्म देशका विभिन्न स्थानमा भारी…







