नेप्से परिसूचकको ओरालो यात्रा जारी


     एभरेस्ट आवाज    
     जेठ १७ गते २०८१ मा प्रकाशित




धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज पनि ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक १९ दशमलव ८९ अङ्कले ओरालो लागेर दुई हजार ६९ दशमलव ५३ मा सीमित भएको छ ।

ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक तीन दशमलव ९० अङ्कले ओरालो लागेर तीन सय ७० दशमलव १९ मा सीमित भएको छ । कुल ९८ लाख ६४ हजार चार सय ८२ कित्ता शेयर रु चार अर्ब २१ करोड ७४ लाख ९४ हजार एक सय ९५ मूल्यमा कारोबार भएको हो ।

नेप्सेका अनुसार नेपाल फाइनान्स, अप्पर लाहुरेखोला हाइड्रोपावर, भगवती हाइड्रोपावरको शेयर मूल्यमा १० प्रतिशतले वृद्धि भई सकारात्मक सर्किट लागेको छ । मनकामना इन्जिनियरिङ नौ दशमलव ९८ र युनिलिभर नेपालका लगानीकर्ताले नौ दशमलव ५० प्रतिशतले कमाएका छन् ।

पोखरा फाइनान्स १०, कालिञ्चोक दर्शन सात दशमलव शून्य आठ, बाराही हाइड्रोपावर छ दशमलव ७४, नेपाल वेयरहाउस कम्पनी पाँच दशमलव ९६ र कालिका लघुवित्तका लगानीकर्ताले पाँच दशमलव ८२ प्रतिशतले गुमाएका छन् । रासस


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।