पोखरा, जेठ १७
गण्डकी प्रदेश सभा सदस्य फडिन्द्र देवकोटाले आफूलाई संसदमा नेपाल समाजवादी पार्टी (नेसपा)कै रुपमा व्यवहार गर्न आग्रह गरेका छन् । नेसपाका भएपनि नेकपा माओवादी केन्द्रको हँसिया हथौडा चुनाव चिह्नबाट चुनाव जितेकाले उनलाई प्रदेश सभाले माओवादी सांसदकै रुपमा हेर्ने गरेको छ । त्यतिमात्र होईन उनलाई माओवादीको ह्वीपसमेत लाग्ने गरेको छ ।
तर देवकोटाले भने यसको विरोध गर्दै आएका छन् । उनको पार्टी नेसपा केन्द्रको वर्तमान सत्ता गठबन्धनमा नभएपनि प्रदेशमा भने उनलाई एमाले–माओवादीको गठबन्धनलाई सघाउनुपर्ने बाध्यता छ । त्यसको उकुसमुकुसमा रहेका उनले विहीबार बसेको गण्डकी प्रदेश सभाको छैटौं अधिवेशनको छैटौं बैठकमा पेस भएको आगामी आर्थिक वर्ष २०८१÷८२ को बजेटको सिद्धान्त र प्राथमिकतामाथिको छलफलमा भाग लिदै आफूलाई नेकपा माओवादी केन्द्रको सदस्यका रुपमा नभई नेपाल समाजवादी पार्टी (नेसपा)को सदस्यका रुपमा व्यवहार गर्न आग्रह गरे । म आफ्नो पार्टीको पहिचानसहितको उम्मेदवार भएर चुनाव लडेर जितेँ,उनले भने,‘तर परिस्थितिवश मेरो दल कानून बमोजिम फरक छ, तर मेरो दल फरक छ । त्यहि आधारमा सभामुख र सचिवालयलाई अनुरोध गर्न चाहन्छु ः मलाई नेपाल समाजवादी पार्टीकै रुपमा व्यवहार गर्नका लागि हार्दिक आह्वान गर्दछु ।’
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पर्यटन विभागले यही कात्तिक ११ देखि १५ गतेसम्म देशका विभिन्न स्थानमा भारी…







