
पोखरा, जेठ १९
साईकल चोरी गरेको आरोपमा पोखराबाट ४ जना पक्राउ परेका छन् । साईकल चोरी गरेको आरोपमा कास्की प्रहरीले पोखराको जिरोकिलोमिटरबाट चोरी गरेर राखिएका ६ वटा मोटरसाईकलसहित ४ जनालाई नियन्त्रणमा लिएको हो ।
पछिल्लो केहि समयदेखि पोखरामा साईकल चोरीका घटनाहरु बढेपछि प्रहरीले शुक्ष्म अनुसन्धान शुरु गरेको थियो । जसका लागि मातहतका कार्यालयहरुलाई निगरानी बढाउन निर्देशन दिइएको थियो । परिणाम स्वरुप वडा प्रहरी कार्यालय बैदामबाट खटिएको प्रहरी टोलीले शुक्रबार पोखरा महानगरपालिका वडा नम्बर–५ जिरोकिलोमिटरस्थित एक फर्निचर उद्योगबाट उनीहरुलाई नियन्त्रणमा लिएको कास्की प्रहरीले जनाएको छ ।
पक्राउ पर्नेहरुमा सिन्धुपाल्चोक घर भई जिरोकिलोमिटरमा फर्निचर उद्योग सञ्चालन गर्दै आएका ५१ वर्षिय भीमसेन थामी, स्याङजा फेदिखोला गाउँपालिका वडा नं.–०६ घर भई जिरोकिलोमिटर बस्ने २४ वर्षिय मदन सुनार तथा सोहि ठाउँका १४ र १७ वर्षिय २ जना बालकसहित जनालाई नियन्त्रणमा लिएको कास्कीका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक वसन्तकुमार शर्माले जानकारी दिए ।
प्रहरीका अनुसार चोरीका साईकल किनबेच गरिरहेका समयमा उनीहरुलाई पक्राउ गरिएको हो । उनीहरुमाथि थप अनुसन्धान भइरहेको डिएसपी शर्माले बताए ।
यसैबीच, कास्की प्रहरीले बरामद साईकल कसैको भए दाबी गर्नका लागि आग्रह गरेको छ । साईकल खरिद गरेको प्रमाणसहित जिल्ला प्रहरी कार्यालयमा दाबी पेश गर्न डिएसपी शर्माको आग्रह छ ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पर्यटन विभागले यही कात्तिक ११ देखि १५ गतेसम्म देशका विभिन्न स्थानमा भारी…







