पोखरा, जेठ २१
नेकपा एमाले पोखरा महानगर कमिटीमा खगराज अधिकारी समूहले बर्चस्व जमाएको छ । एमाले पोखरा महानगर कमिटीको सोमबार सम्पन्न अधिवेशनमा अध्यक्षसहित पदाधिकारी तथा सदस्यहरुमा अधिकारी समूहले बर्चस्व जमाएको हो ।
एमाले उपमहासचिव पृथ्वी सुब्बा गुरुङ समूह र पूर्व संगठन विभाग प्रमुख खगराज अधिकारी समूहले प्यानलै बनाएर गरेको प्रतिष्पर्धामा अधिकारी समूह हाबी भएको हो । अध्यक्षमा अधिकारी समूहका जीवनप्रसाद आचार्य गुरुङ समूहका दीपक पौडेललाई ६७ मतान्तरले पछि पार्दै बिजयी भए । कुल ४८७ मत खसेकोमा निर्वाचित अध्यक्ष आचार्यले २ सय ७७ मत प्राप्त गरे भने पराजित पौडेलले २१० मत प्राप्त गरेको निर्वाचन समितिले जनाएको छ ।
त्यस्तै, उपाध्यक्षमा अधिकारी समूहकै नरेन्द्रनाथ ढुंगाना बिजयी भए । उनी गुरुङ समूहका मोहन गुरुङलाई ८१ मतान्तरले पछि पार्दै बिजयी भए । बिजयी ढुंगानाले २८४ मत प्राप्त गरे भने पराजित गुरुङले २०३ मत प्राप्त गरे ।
सचिवमा अधिकारी समूहका सुशील बस्नेत गुरुङ समूहका दीनेशबाबु खड्कालाई ४७ मतान्तरले पछि पार्दै बिजयी भए । बिजयी बस्नेतले २६७ मत प्राप्त गर्दा पराजित खड्काले २२० मत प्राप्त गरे ।
उपसचिव (खुला) मा विष्णुप्रसाद गौतम र उपसचिव (महिला) मा हरिमाया विश्वकर्मा निर्वाचित भए । उपसचिव खुल्लामा गौतमले १३३ मतान्तरले गुरुङ समूहका लालबहादुर रानालाई पराजित गरे । बिजयी गौतमले ३१० मत प्राप्त गर्दा पराजित रानाले १७७ मत मात्र प्राप्त गरे । उपसचिव (महिला)मा विश्वकर्माले गुरुङ समूहका किरण गौतमलाई ७३ मतान्तरले पराजित गरिन् । बिजयी विश्वकर्माले २८० मत प्राप्त गरिन् भने पराजित गौतमले २०७ मत प्राप्त गरिन् ।
त्यस्तै महानगरपालिकाको खुल्ला १० सदस्यहरुमा झलकप्रसाद बराल (४२५), शंकर भट्टराई (४०३), सूर्यप्रसाद उपाध्याय (३७३), जीवन तिवारी (३१३), कृष्ण आचार्य (३०६), टंकप्रसाद सुवेदी (२९६), दानबहादुर शाही (२८८), प्रदीप सुवेदी (२८७), राजेन्द्रप्रसाद पौडेल (२८०) र प्रेमराज बसौला (२६२) मत ल्याउँदै बिजयी भए ।
महिला ५ सदस्यहरुमा सीता केसी (३१३), लक्ष्मी तिम्सिना (३०४), कुलमाया पौडेल (३०३), राधिका पौडेल (३०१) र मीनाकुमारी ठकुरीले (२८४) मत ल्याउँदै बिजयी भए ।
युवा खुल्ला १३ सदस्यहरुमा प्रदीप गुरुङ (३०८), ई.भवसागर रानाभाट (३०५), शंकर पौडेल (२९९), ईच्छाबहादुर गुरुङ (२९७), भक्तबहादुर गुरुङ (२९१), विनोद भण्डारी (२८०), राजेन्द्र गिरी (२७९), विष्णु बास्तोला (२७९), सुविन तिमिल्सेना (२७८), सन्तोष थापा (२७४), लोकेन्द्रराज (उत्तम) गिरी (२६८), सुनिल गोतामे (२६७), उषादेवी गुरुङ (२९८), तिलमाया सुवेदी भण्डारी (२९३) र लक्ष्मी अधिकारी (२९२) मत ल्याएर बिजयी भए ।
दलित महिला २ सदस्यहरुमा सरला नेपाली (२८४) र शोभा विक (२७६) मत ल्याएर बिजयी भए । अपाङ्गता खुल्ला १ सदस्यमा गणेश बराल (३२२) मत ल्याएर बिजयी भए । त्यसबाहेक महानगरका ३३ वटै वडाका प्रत्येक वडाबाट १÷१ जना सदस्यपनि निर्वाचित भएको निर्वाचन समितिले जनाएको छ ।
महानगर कमिटीको लेखा कमिटी अध्यक्षमा दुर्योधन गिरी (२६४), उपाध्यक्षमा विष्णुहरी तिवारी (२८८), सचिवमा कमलमोहन त्रिपाठी (२९७) तथा खुल्ला सदस्यमा सञ्जयबाबु भट्टराई (३०३) र महिला सदस्यमा पवित्रा केसी (२९५) मत ल्याएर बिजयी भए ।
१. नेकपा एमाले पोखरा महानगर कमिटीको अध्यक्षमा निर्वाचित जीवनप्रसाद आचार्य सपथग्रहण कार्यक्रममा बोल्दै ।
२. नेकपा एमाले पोखरा महानगर कमिटीको सपथग्रहण कार्यक्रममा निर्वाचित पदाधिकारी तथा अतिथिहरु ।

सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीको सही नीति र विचारका आधारमा…