पोखरा, जेठ २२
प्रधानमन्त्री प्रचण्ड पोखरा आईपुगेका छन् । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड मंगलबार अपराह्न ५ बजे हवाई मार्गबाट पोखरा आईपुगेका हुन् । उनी पार्टीको प्रदेश स्तरिय कार्यकर्ता प्रशिक्षण कार्यक्रममा सहभागि हुन पोखरा आएका हुन् । पार्टीको प्रदेश स्तरिय प्रशिक्षण कार्यक्रम बुधबार पोखरा सभागृहमा आयोजना हुँदैछ ।

पार्टी प्रशिक्षण कार्यक्रममा सहभागि हुन बुधबार अपराह्न ५ बजे पोखरा आईपुगेका प्रधानमन्त्री प्रचण्डलाई नेकपा माओवादी केन्द्रका सचिव तथा गण्डकी प्रदेश ईञ्चार्ज दीनानाथ शर्मा, सह–ईञ्चार्ज हरिराज अधिकारी (कुमार), प्रदेश अध्यक्ष गायत्री गुरुङ (कुसुम), केन्द्रीय सदस्य तथा कास्की ईञ्चार्ज रामजीप्रसाद बराल (जीवन)लगायतले स्वागत गरेका थिए ।
प्रधानमन्त्री प्रचण्ड मंगलबार पोखराको प्रमुख पर्यटकीय केन्द्र सराङ्कोटमा बास बसेका छन् । उनी सराङ्कोटस्थित होटल अन्नपूर्णमा बास बसेको पार्टी निकट श्रोतले जनाएको छ । त्यहाँ उनले स्थानिय पार्टी कार्यकर्तासँग साँझ छलफल गरे । ‘काठमाडौंको व्यस्तताबाट थोरै समय निकालेर आरामपनि गर्ने र कार्यकर्तासँगपनि छलफल गर्नेगरी होटलमा बस्नुभएको हो’–पार्टीका कास्की ईञ्चार्ज रामजीप्रसाद बरालले भने ।
बुधबार विहानदेखि भने उनी कास्कीका नेता÷कार्यकर्तासँग छलफलमा जुट्ने ईञ्चार्ज बरालले जानकारी दिए । विहानको समय कार्यकर्ता भेटघाटका लागि छुट्याइएको उनको भनाई छ । त्यसपछि पूर्वाह्न ९ बजे पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको सिनेट बैठकमा सहभागि हुने कार्यतालिका रहेको बताइएको छ ।
प्रधानमन्त्री प्रचण्ड बुधबार दिउँसो भने पार्टीको प्रदेश स्तरिय प्रशिक्षण कार्यक्रममा सहभागि हुनेछन् । प्रशिक्षण कार्यक्रममा प्रधानमन्त्री तथा पार्टी अध्यक्ष प्रचण्डले सम्बोधन गर्ने नेकपा माओवादी केन्द्र गण्डकी प्रदेश अध्यक्ष गायत्री गुरुङ (कुसुम)ले जानकारी दिईन् ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखराको न्यूरोडमा भएको सवारी दुर्घटनामा एक युवकको ज्यान गएको छ । आज…







