नेप्से परिसूचकमा दोहोरो अङ्कको वृद्धि


     एभरेस्ट आवाज    
     असार १७ गते २०८१ मा प्रकाशित




काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज भने दोहोरो अङ्कले उकालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक १६ दशमलव २९ अङ्कले उकालो लागेर दुई हजार ५३ दशमलव ३८ मा पुगेको छ ।

ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक तीन दशमलव शुन्य एक अङ्कले उकालो लागेर तीन सय ६१ दशमलव ७७ मा पुगेको छ । कूल ७१ लाख ६५ हजार सात सय ३५ कित्ता शेयर रु दुई अब ९९ करोड ९९ दलाख ६५ हजार २१ मूल्यमा खरिद बिक्री भएको छ ।

नेप्सेका अनुसार हिमालयन ऊर्जा विकास कम्पनी नौ दशमलव ७४, दोर्दी खोला जलविद्युत् कम्पनी आठ दशमलव ४७, कर्पोरेट डेभलपमेन्ट बैंक सात दशमलव ५२, हिमालयन बैंकको ऋणपत्र सात दशमलव ४८ र सानिमा बैंकको ऋणपत्रका लगानीकर्ताले सात दशमलव शुन्य सात प्रतिशतले कमाएका छन् ।

नेपाल फाइनान्स १०, मैलुङ खोला जलविद्युत् कम्पनी आठ दशमलव ४४, स्वाभिमान लघुवित्त तीन दशमलव ९७, कुमारी सबल योजना तीन दशमलव ६० र मनकामना स्मार्ट लघुवित्तका लगानीकर्ताले तीन दशमलव ४३ प्रतिशतले गुमाएका छन् । रासस


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।