पोखरा । सिद्धार्थ क्लब पोखराले, पोखरा ८ सिमलचौर स्थित जनप्रिय माध्यमिक विद्यालयलाई अक्षयकोष रकम हस्तान्तरण गरेको छ । कार्यक्रममा क्लबका अध्यक्ष ईन्दिरा मर्सानी श्रेष्ठले विध्यालय व्यवस्थापन समितिका अध्यक्ष परशुराम बराललाई रु एक लाखको चेक हस्तान्तरण गरेका हुन् ।
कार्यक्रमका प्रमुख अतिथि रुद्रनाथ बरालले सिद्धार्थ क्लबका सामाजिक कार्यहरुको प्रशंशा गर्दै क्लबले अन्य देखिने कार्यहरु गर्न जोड दिनुपर्ने भनाइ राखे । उनले वडा कार्यलय संगको समन्वयम कार्यक्रमहरु गर्न अनुरोध गरे ।
कार्यक्रममा सभाध्यक्ष ईन्दिरा मर्सानी श्रेष्ठले क्लबले विद्यालयका जेहेन्दार, सिमान्तकृत, आर्थिक अवस्था कमजोर र विपन्न वर्गका विद्यार्थीहरुको शैक्षिक अवस्था सुधार गर्न सहयोग पु¥याउने उद्धेश्यका साथ विद्यालयको अक्षयकोषमा रकम हस्तान्तरण गरिएको जानकारी गराउँदै उद्धेश्य अनुरुप विध्यालयले कार्य गर्ने विश्वास व्यक्त गरे ।
त्यसैगरि विध्यालय व्यवस्थापन समितिका अध्यक्ष परशुराम बराल र विद्यालयका प्रधानाध्यापक देवी प्रसाद बस्ताकोटीले विद्यालयमा क्लबले गरेको विभिन्न सहयोगका कार्यक्रमहरु प्रति धन्यबाद व्यक्त गर्दै अक्षयकोषको रकम विद्यार्थीहरुमा नै केन्द्रित रहेर व्यवस्थापन गरिने र सहयोगले अक्षयकोष वृद्धी गर्न सकरात्मक भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गरे ।
क्लबका सचिव विनोद प्रसाद श्रेष्ठले सञ्चालन गरेकोे, निर्देशक रवि मर्सानीले स्वागत तथा कार्यक्रम माथि प्रकाश पारेका थिए ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा नौ जनाको मृत्यु भएको छ ।…







