जोखिमयुक्त क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अप्नाउन जिल्ला प्रशासन कार्यालय कास्कीको अनुरोध


     एभरेस्ट आवाज    
     असार २२ गते २०८१ मा प्रकाशित




पोखरा, असार २२

जिल्ला प्रशासन कार्यालय कास्कीले जोखिमयुक्त क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अप्नाउन आग्रह गरेको छ । जिल्ला प्रशासन कार्यालय कास्कीले शनिबार अपराह्न एक सूचना जारी गर्दै अविरल वर्षाका कारण हुनसक्ने जोखिमबाट बच्नका लागि उच्च सतर्कता अप्नाउन कास्केली आम नागरिकलाई आग्रह गरेको हो ।

शुक्रबारदेखि निरन्तर वर्षा भइरहेको र जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले केहि दिन अझै वर्षा हुने अनुमान गरेको भन्दै प्रशासनले कास्की जिल्लास्थित नदी तथा खोलाका तटीय क्षेत्रमा बसोबास गर्ने एवम् पहिरोको उच्च जोखिमयुक्त स्थान भनी पहिचान गरिएका भिरालो, उच्च पहाडी क्षेत्रमा बसोबास गर्नेहरुलाई सम्भावित जोखिमबाट बच्नका लागि सुरक्षित स्थानमा गई उच्च सतर्कता अप्नाउन आग्रह गरेको छ । साथै सतर्कता अप्नाउँदा अप्नाउँदै कुनै घटना घट्न गएमा सम्बन्धित स्थानिय तह, जनप्रतिनिधि, नजिकको प्रहरी ईकाई, चौकी तथा स्थानिय प्रशासनमा जानकारी गराउन तथा त्यस्ता घट्ना घटिहालेमा प्रतिकार्य र व्यवस्थापनमा सहयोग गर्नपनि आग्रह गरिएको छ ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।