तनहुँकी नाबालिका पोखरामा बलात्कृत, २ पक्राउ


     एभरेस्ट आवाज    
     असार २३ गते २०८१ मा प्रकाशित




पोखरा, असार २३

नाबालिकालाई सामुहिक बलात्कार गरेको आरोपमा पोखराबाट २ जना पक्राउ परेका छन् । तनहुँको म्याग्दे गाउँपालिका वडा नम्बर ४ थर्पुबाट ल्याएर एक बालिकालाई ललाईफकाई पोखरा ल्याएर सामुहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ परेका हुन् । पक्राउ पर्नेहरुमा धनुषा जिल्ला क्षिरेश्वरनाथ गाउँपालिका–१० गोपालपुर स्थायी घर भइ हाल पोखरा–११ रानीपौवा बस्ने २१ वर्षिय अरुणकुमार दास र भारतको बिहार प्रदेश सितामणी जिल्ला डुमरा थाना सुरसड पश्चिमी वडा नम्बर–१ सुरसड गाउँ घर भइ हाल पोखरा–११ रानीपौवा बस्ने १९ वर्षिय सुनिल दास भन्ने सुनिल कुमार रहेका छन् ।

उनीहरुले असार १७ गते दिउँसो थर्पुबाट ती बालिकालाई ललाईफकाई ग.८ प. ४२८० नम्बरको मोटरसाईकलको बिचमा राखेर पोखरास्थित कोठामा ल्याएर डरधम्की दिएर जबरजस्ती बलात्कार गरेको कास्की प्रहरीले जनाएको छ । बलात्कारपछि राती तनहुँ घर पु¥याउन जाने क्रममा राती ३ः३० बजेको समयमा पोखरा–३० पावरहाउस नजिकै चेकिङ गर्ने क्रममा भाग्न खोजेपछि शंका लागेर सोधपुछ गर्दा घटना सार्वजनिक भएको कास्कीका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक वसन्तकुमार शर्माले जानकारी दिए ।

पक्राउ परेका दुबैलाई कास्की जिल्ला अदालतबाट अपहरण तथा शरिर बन्धक तथा जबर्जस्ती करणी सम्बन्धी मुद्दामा ८ दिनको म्याद थप गरी अनुसन्धान भइरहेको उनले बताए ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।