भारती भवन माविलाई जस्तापाता हस्तान्त्रण


     एभरेस्ट आवाज    
     श्रावण ३ गते २०८१ मा प्रकाशित




साउन ३ पोखरा । पोखरा–१९ स्थित भारती भवन मा.वि. लाई इन्टरनेशनल नेपाल फेलोसिपले जस्तापाता हस्तान्तरण गरेको छ ।
अविरल वर्षाका कारण विद्यालयको शौचालयमा पुन प्रयोग गर्नै नमिल्ने गरि क्षति पुर्याएपछि संस्थाले नयाँ शौचालय निर्माणार्थ २५ थान जस्तापाता हस्तान्तरण गरेको हो ।

गत असार २६ गतेको वर्षाका कारण विद्यालय नजिकै रहेको शौचालयको सेफ्टी ट्यांकी प्रयोग गर्न नमिल्ने गरी भासिएको थियो ।

उक्त सहयोग संस्थाका विपद् व्यवस्थापन प्रमुख हरिबिन्दु अर्याल र वडाध्यक्ष पुस्पेन्द् पाण्डेले विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विष्णु प्रसाद अधिकारीलाई हस्तान्तरण गरे । कार्यक्रममा वडाध्यक्ष पाण्डेले विपद्वाबाट आफ्नो वडा निकै प्रभावित भएको बताउँदै, सामाजिक संघ संस्थाको सहयोग अत्यन्त महत्वपूर्ण रहने बताए ।

समितिका अध्यक्ष अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा अधिकृत ज्योतिबहादुर क्षेत्री, विद्यालयका प्र.अ नेत्रबहादुर आले, विद्यालय व्यवस्थापन समिति सदस्य कोमलप्रसाद बास्तोला, जसमाया गिरी, शालिग्राम अधिकारी, नेपाल रेडक्रस सोसाइटी पुरनचौर उपशाखाको सहसचिव माधव गौतम, नव आदर्श सामुदायिक विकास समाजका पूर्व अध्यक्ष सन्जय कुमार अधिकारी, इन्जिनियर सरोज आचार्य, विद्यालय शिक्षक तारानाथ पौडेल, कार्यालय सहयोगी भूपेन्द्रबहादुर भुजेल र बाबुराम अधिकारी लगायतले बोलेका थिए ।

विद्यालयका सहायक प्रधानाध्यापक भरतराज आचार्यले कार्यक्रम सञ्चालन गरेका थिए ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।