पर्वत । बेलायतमा बसोबास गर्ने पर्वतेलीहरूको संस्था पर्वत समाजले जिल्लाका एक सय ५९ जना विपन्न बालबालिकालाई शैक्षिक सामग्री प्रदान गरेको छ ।
जलजला गाउँपालिकाको फर्से धाइरिङ माध्यमिक विद्यालय, कृष्णभवन धर्म मावि, शालिजा मावि र ग्रामप्रकाश मावि लेखफाँटका ४४ जना तथा दक्षिण पर्वतको विहादी गाउँपालिकामा रहेका विभिन्न विद्यालयका एक सय १५ जना विपन्न परिवारका बालबालिकालाई शैक्षिक सामग्री प्रदान गरिएको हो ।
विद्यालयले छनोट गरेका विद्यार्थीलाई स्टेशनरी, पोशाक, झोला वितरण गरिएको समाजका पूर्वअध्यक्ष दधि आचार्यले बताए। मङ्गलबार आयोजित एक कार्यक्रममा ती सामग्री हस्तान्तरण गरिएको हो । त्यस अवसरमा गण्डकी प्रदेशसभा सदस्य रेखा गुरुङ, जलजला गाउँपालिकाका अध्यक्ष राजुप्रसाद आचार्य, बिहादी गाउँपालिका अध्यक्ष परबिन गुरुङलगायत उपस्थित थिए । रासस
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा नौ जनाको मृत्यु भएको छ ।…







