ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) गण्डकीको अध्यक्षमा कृष्णप्रसाद आचार्य निर्वाचित भएका छन्। टान गण्डकीको शनिबार सम्पन्न अधिवेशनले निवर्तमान प्रथम उपाध्यक्ष आचार्यलाईअध्यक्षमा चयन गरेको हो ।
अधिवेशनले प्रथम उपाध्यक्षमा तिर्थराज सुवेदी, द्वितीय उपाध्यक्षमा मोहनप्रसाद सुवेदी, सचिवमा गोपालकृष्ण सड्रौला, सह-सचिवमा भुपेन्द्रकुमार लामा र कोषाध्यक्षमा दिपकप्रसाद सापकोटा निर्विरोध चयन भएका छन्।
कार्यसमिती सदस्यहरुमा प्रकाश पौडेल, माधबप्रसाद खनाल, रेनुका कार्की, चन्द्रबहादुर भुजेल, बलराम दाहाल, अजयराज अधिकारी, भुपेन्द्र गौतम र श्रीकृष्ण तिमिल्सिना चयन भएका छन् । समितिको निवर्तमान अध्यक्षमा धर्मराज पन्थी छन् ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पर्यटन विभागले यही कात्तिक ११ देखि १५ गतेसम्म देशका विभिन्न स्थानमा भारी…







