जिवी राईसँग मिलेर सूर्य दर्शन सहकारीको ३ करोड अपचलन गर्ने एक जना पक्राउ


     एभरेस्ट आवाज    
     असाेज १५ गते २०८१ मा प्रकाशित




पोखरा, असोज १५

सूर्य दर्शन बचत तथा ऋण सहकारी लिमिटेडको बचत रकम अपचलन गरेको आरोपमा थप एक जना पक्राउ परेका छन् । सहकारीका संस्थापक अध्यक्ष गितेन्द्रबाबु राई (जिवी)सँग मिलेमतो गरी ३ करोड भन्दा बढी रकम आफ्नो खातामा हालेर अपचलन गरेको आरोपमा प्रहरीले गुल्मी जिल्लाको मुसिकोट नगरपालिका वडा नं. ४ स्थायी घर भई हाल ललितपुर महानगरपालिका वडा नं. १५ खुमलटार बस्ने वर्ष ३२ की लिला पछाईलाई पक्राउ गरेको हो । पछाईलाई सोमबार पक्राउ गरी मंगलबार अदालतमा उपस्थित गराई चार दिन म्याद थप गरी अनुसन्धान गरिरहेको कास्की प्रहरीले जनाएको छ ।

राईले जिवीसँग मिलेमतो गरेर आफ्नो खातामा हालेको र चल अचल सम्पत्ति खरिद गर्नुका साथै शेयर कारोबारमा लगानी गरेको पाइएको प्रहरीको भनाई छ ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।