कृषि

जीविकोपार्जनसँग पर्यटनलाई जोड्न तनहुँमा चियाखेती

दमौली । जीविकोपार्जनसँग पर्यटनलाई जोड्ने उद्देश्यले ऋषिङ र आँबुखैरेनी गाउँपालिकाले चियाखेती सुरु गरेका छन् । ऋषिङ गाउँपालिकाले वडा नं ३ स्थित दुवुङकोटमा बिहीबार एक हजार पाँच सय चियाको बिरुवा रोपेको छभने आँबुखैरेनी गाउँपालिकाले आँबुखैरेनी–६ हिलेखर्कस्थित बतासे डाँडाको १५ रोपनी क्षेत्रफलमा चार हजार दुई सय बेर्ना सारेको छ । ऋषिङ गाउँपालिकाका अध्यक्ष राजेन्द्रकृष्ण श्रेष्ठका अनुसार यो वर्ष परीक्षणका रुपमा रोपिएका बिरुवाबाट अपेक्षाअनुसार उत्पादन भएमा भविष्यमा त्यसलाई विस्तार गरिनेछ । हाल दुवुङकोटको एक सय रोपनी जग्गामध्ये १२ रोपनीमा हाल बिरुवा लगाइएको हो… पुरा पढौ

एक करोड ५० लाखको लगानीमा कुखुरापालन गर्दै उद्यमी शर्मा

गलकोट । बाह्र वर्ष कतारमा श्रम गरेर स्वदेश फर्किएका बागलुङ नगरपालिका–७ कालीमाटीका ४० वर्षीय ओमराज शर्माको कृषि फार्ममा अहिले तीन हजार लेयर्स जातका कुखुरा छन् । छ हजार कुखुरा पाल्नमिल्ने फार्म बनाएका उनले तीन हजार चल्ला थप्ने तयारी गरेका छन् । एक करोड ५० लाखको लगानीमा ग्रिन ल्याण्ड बहुउद्देश्यीय कृषि फार्म स्थापना गरेर सञ्चालनमा ल्याइएको फार्म कालिमाटीको ४३ रोपनी जग्गामा फैलिएको छ । फार्ममा गाई र बाख्रा पनि पालिएको छ । उनले यसरी काम थालेको पाँच वर्ष भयो । सामूहिक… पुरा पढौ

गण्डकीमा १७ सय हेक्टरले खुम्चियो रोपाइँको क्षेत्रफल

गण्डकी । गत वर्ष गण्डकी प्रदेशमा कुल ९७ हजार सात सय ६९ हेक्टर क्षेत्रफलमा बर्खे धान रोपिएको थियो । यस वर्ष भने बर्खे धान खेतीको क्षेत्रफल घटेर ९६ हजार ५३ हेक्टरमा समेटिएको छ । प्रदेश कृषि विकास निर्देशनालयका अनुसार हालसम्म हालसम्म ९७ दसमलब ५० शुन्य प्रतिशत रोपाइँ सकिएको छ । ९३ हजार छ सय ५१ हेक्टरमा रोपाइँ भइसकेको निर्देशनालयका प्रमुख वासुदेव रेग्मीले जानकारी दिए। म्याग्दी र लमजुङमा रोपाइँ सकिएको र बाँकी जिल्लामा अन्तिम चरणमा रहेको उनको भनाइ छ । हिमालपारिको… पुरा पढौ

पर्वतमा कृषि र पशुपालनतर्फ रु १७ करोड बढी बजेट

पर्वत । चालु आर्थिक वर्षमा पर्वतमा कृषि र पशुपालनका क्षेत्रमा रु १७ करोड भन्दा बढी बजेट खर्च हुने भएको छ । कृषि ज्ञान केन्द्र, भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र र प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनामार्फत चालु आवमा कृषि उत्पादकत्व वृद्धि र प्रवर्द्धन तथा व्यावसायिक पशुपालनका क्षेत्रमा रु १७ करोड १९ लाख ८५ हजार बजेट खर्च हुने भएको हो । खाद्यान्न, फलफूल, सागसब्जी, तेलहन, दलहन उत्पादन गरी जिल्लालाई आत्मनिर्भर बनाउनुका साथै निर्यात गरी किसानको जीवनस्तरमा सुधार ल्याउने उद्देश्यले चालु आवमा… पुरा पढौ

सिस्नोको पाउडर र गुन्द्रुकले बजार नपाएपछि बागलुङका महिला उद्यमी निराश

ढोरपाटन । बागलुङको जैमिनी नगरपालिका–३ दमेकका महिला उद्यमीले उत्पादन गरेको सिस्नोको पाउडर, बाँकोको गुन्द्रुक, आलु चिप्सलगायतका उत्पादनले बजार नपाएपछि निराश बनेका छन् । रुद्रताल सामाजिक महिला सहकारी संस्थामार्फत गत वर्षदेखि उत्पादन सुरु गरेका महिलाहरुको उत्पादित सामग्रीले बजार नपाएपछि उनीहरु निराश भएका हुन् । गाउँको उत्पादनलाई ‘प्याकेजिङ र ब्राण्डिङ’ गरी उद्यममा लागेका महिलाहरु अहिले उद्योग सञ्चालन गर्ने वा बन्द गर्ने दोधारमा छन् । विभिन्न सरकारी सङ्घ संस्थाबाट अनुदान पाएर उत्साहित भएका उनीहरु बजार नपाएपछि अन्योलमा परेका हुन् । सहकारीमार्फत महिलालाई आयआर्जनसँग… पुरा पढौ

किसानलाई बागलुङका तीन चिस्यान केन्द्र ‘निल्नु न ओकल्नु’

गलकोट । सुन्तला र आलुको मूल्य दोब्बर बनाउने उद्देश्यले स्थापना गरिएका बागलुङका तीन चिस्यान केन्द्र सञ्चालनमा समस्या भएको किसानले गुनासो गरेका छन् । तीन वर्षअघि गण्डकी प्रदेश सरकारको सहयोगमा २० देखि ३० टनसम्मका तीनवटा चिस्यान केन्द्र निर्माण भएका थिए । ती चिस्यान केन्द्रले किसानलाई फाइदाभन्दा बढी घाटा पुर्‍याएपछि बन्द हुने अवस्थामा पुगेका हुन् । बागलुङ नगरपालिका–८ सिगाना र काठेखोला गाउँपालिका–६ बिहुँमा सुन्तलाका लागि र काठेखोला गाउँपालिका–३ धम्जामा आलु भण्डारणका लागि निर्माण गरिएका चिस्यान केन्द्र अहिले बन्द हुने अवस्थामा पुगेका छन्… पुरा पढौ

‘भैँसी ब्लक’ कार्यक्रमले स्याङजाका किसान पशुपालनतर्फ आकर्षित

वालिङ । भैँसी ब्लक कार्यक्रमले स्याङजा चापाकोट–८ मा रहेको रत्नपुर साना किसान कृषि सहकारी संस्थामा आबद्ध किसानको व्यावसायिक विकासका लागि सहयोग पुगेसँगै पशुपालनतर्फ आकर्षित भएका सहकारीका अध्यक्ष जीवन डोटेलले बताए । “भैँसी ब्लक कार्यक्रमले परम्परागत रुपमा पशुपालन गर्दै आएका किसानको आनीबानी तथा व्यवहारमा परिवर्तन ल्याएको छ”, उनले भने, “पशुका लागि दानापानी, घाँस, सामान्य औषधोपचार गर्ने तौरतरिकाका बारेमा ज्ञान पाएसँगै पशुपालनतर्फ आकर्षित हुनुभएको हो ।” भैँसी ब्लक कार्यक्रमबाट गोठलगायत पूर्वाधार निर्माण गरी यहाँका किसानले नयाँ पशु पनि थप गर्दै गएका छन्… पुरा पढौ

तनहुँमा ५० हेक्टर क्षेत्रमा सिँचाइ सुविधा विस्तार

दमौली । जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालयले गत आर्थिक वर्षमा ५० हेक्टरमा सिँचाइ सुविधा विस्तार गरेको छ । यो सँगै जिल्लामा छ हजार सात सय ३४ हेक्टरमा सिँचाइ सुविधा उपलब्ध भएको छ । उक्त कार्यालयका प्रमुख प्रकाश लम्सालका अनुसार बन्दीपुर गाउँपालिका–४ स्थित देवीखोला खहरे सिँचाइ योजनाबाट ३० हेक्टर क्षेत्रमा सिँचाइ सुविधा विस्तार भएको छ । उक्त अवधिमा सिँचाइ कार्यक्रमतर्फ ५० हेक्टर र नदी नियन्त्रणतर्फ ३५ हेक्टर भूमि संरक्षण भएको छ । आव २०८०÷८१ का लागि कार्यालयलाई रु पुँजीगततर्फ रु… पुरा पढौ

ढुसीको प्रकोप पीडित पर्वतका किसानलाई निःशुल्क विषादी वितरण

पर्वत । ढुसीजन्य रोगको प्रकोपबाट पीडित बनेका यहाँका किसानलाई निःशुल्क औषधि वितरण गरिएको छ । यहाँका किसानले लगाएको धानबालीमा ढुसीजन्य रोगले नष्ट गर्न थालेपछि रोकथाम गर्न निःशुल्क विषादी वितरण गरिएको हो । धान रोपको महिना दिनपछि धानका जरा कुहिने (फुट रुट) र पात पहेँलिने (सेट ब्लाइट)को प्रकोप फैलिएपछि किसानहरु पीडित बनेका थिए । गाँज राख्ने बेलाका धानबालीमा प्रकोप फैलिएर खेत नै खाली हुन थालेपछि नमूना सङ्कलन गरी क्षेत्रीय बाली विज्ञान प्रयोगशालामा पठाइएकामा जरा कुहिने र डढुवा रोग लागेको पुष्टि भएको… पुरा पढौ

च्याउखेतीबाट वार्षिक १० लाख आम्दानी गर्दै सावित्री खत्री

पर्वत । पर्वत जलजला गाउँपालिका–८ फर्सेकी सावित्री खत्री व्यावसायिक च्याउखेतीबाट मनग्य आम्दानी गर्न सफल भएका छन् । विगत १० वर्षदेखि व्यावसायिक कृषिमा सक्रिय खत्रीले च्याउखेतीबाट बर्सेनि रु १० लाखभन्दा बढी आम्दानी गर्दै आएका छन् । तीनवटा गुम्वज टनेलमा उत्पादित कन्ये र गोब्रे च्याउ बागलुङ, म्याग्दी र कुश्माबजारमा खपत हुने गरेको उनी बताउछन् । “च्याउखेतीबाट भएको आम्दानीले उत्साहित छु, बजारको समस्या छैन”, उनले भने । गोब्रे च्याउ प्रतिकेजी रु पाँच सय र कन्ये रु दुई सयमा बिक्री हुँदै आएको छ ।… पुरा पढौ