मनोरञ्जन

कास्की आइडल–२ गायन र नृत्यतर्फ २२–२२ जना अर्को चरणका लागि छनोट

‘कास्की आइडल सिजन–२’ को पहिलो एलिमिनेसन राउन्ड सम्पन्न भएको छ । गायन र नृत्यतर्फबाट समान २२–२२ जना गरी ४४ जना प्रतियोगी अर्को चरणका लागि छनोट भएका छन् । गायनतर्फ छनोट हुनेमा प्रमेश गुरुङ, रोशनी विश्वकर्मा, प्रताप रानाभाट, मनसा गुरुङ, राजन सार्की, इभा बास्तोला, सदीक्षा सुनार, इडिभा खातीवडा, सुमन भण्डारी, विवेक बराइली, राजु गुरुङ, ओभिया गुरुङ, बुद्धि तामाङ, रिहाना बास्तोला, अमृत गुरुङ, संस्कार सुबेदी, रमण खान, अञ्जल बी.क. मिलन विश्वकर्मा, आरती नेपाली, दिक्ष्या लामिछाने र डिप्सन दर्जी छन् । त्यस्तै नृत्यतर्फ… पुरा पढौ

पेन्सन पट्टाको कमाई २ करोड १२ लाख, पोखराबाट मात्रै ५१ लाख माथि

माओत्से गुरुङ निर्देशित चलचित्र ‘पेन्सन पट्टा’ले प्रदर्शनको पहिलो सातामै २ करोड १२ लाख रुपैयाँ ग्रस कलेक्सन गरेको छ । चलचित्रले पोखराबाट मात्रै ५१ लाख रुपैयाँभन्दा बढीको व्यापार गरेको छ भने श्रीकृष्ण चलचित्र मन्दिरको कलेक्सनसमेत जोड्दा पोखराको कुल ग्रस कलेक्सन ५५ देखि ६० लाख रुपैयाँसम्म पुगेको अनुमान गरिएको छ ।चलचित्रले दोस्रो सातामा समेत दर्शकको उत्साहजनक साथ पाइरहेको छ । माउथ पब्लिसिटीका कारण दर्शकको उपस्थिति बढ्दै गएको निर्माण पक्षको भनाइ छ । दोस्रो साताको पहिलो शुक्रबार पोखरा लगायत विभिन्न ठाउँका हलमा हाउसफुल… पुरा पढौ

सिक्लेसमा ‘बुकी फूल’को शुभमुर्हत, ऐतिहासिक कथामा दयाहाङ राईदेखि संस्कृति गुरुङसम्म

कास्कीको पर्यटकीय गाउँ सिक्लेसमा नेपाली चलचित्र ‘बुकी फूल’को शुभमुर्हत गरिएको छ । गण्डकी प्रदेशका सांसद एवम् चलचित्र निर्माता बेदबहादुर गुरुङ श्यामको परिकल्पना तथा ओमप्रकाश गुरुङको निर्देशनमा बन्न लागेको सो चलचित्रको बिहिबारगुरुङ समुदायको सांस्कृतिक परम्पराअनुसार शुभ कार्यमा गरिने पूजाविधि सम्पन्न गरी शुभमुर्हत गरिएको हो । गुरुङ समुदायको ऐतिहासिक, सामाजिक तथा सांस्कृतिक परिवेशलाई कथावस्तु बनाइएको चलचित्रको छायाँकन सिक्लेस र आसपासका क्षेत्रमा गरिने भएको छ । चलचित्रको शुभमुर्हत कार्यक्रममा निर्देशक नवीन सुब्बा, मादी गाउँपालिका–१ का वडाध्यक्ष देवीजङ्ग गुरुङ, कलाकार तथा स्थानीयवासीको उपस्थिति रहेको… पुरा पढौ

पोखरामा पेन्सन पट्टाको विशेष शो ,सामाजिक यथार्थ र मौलिक संस्कृतिले सबैको मन छोयो

पोखरामा नेपाली चलचित्र पेन्सन पट्टाको विशेष शो गरिएको छ । पहाडको काखमा हुर्किएको गाउँ, आफ्नै लयमा बाँचिरहेको समाज, परदेशिएको लाहुरेको जीवन, परिवारभित्रका सम्बन्ध, पुराना संस्कार र त्यसैबीच उम्रिएको प्रेम । यिनै कथा र संवेदनालाई चलचित्रको पर्दामा उतारिएको छ । पोखराको मिडटाउन सिनेमाजमा गरिएको विशेष शोमा चलचित्र हेर्न गण्डकी प्रदेश तथा पोखराका राजनीतिक, प्राज्ञिक, सामाजिक र सांस्कृतिक क्षेत्रका प्रतिष्ठित व्यक्तित्वहरू उपस्थित थिए।विशेष शोमा गण्डकी प्रदेशका पूर्वमुख्यमन्त्री खगराज अधिकारी, गण्डकी प्रदेशका पूर्वमन्त्री एवं सांसद पञ्चराम गुरुङ, सांसद सरस्वती गुरुङ,पोखरा महानगरपालिकाका प्रमुख धनराज… पुरा पढौ

९९औँ ओस्कार अवार्डमा नेपालबाट ‘तिनीहरू– एलिफेन्ट्स इन द फग’ छनोट, प्रधानमन्त्रीको शुभकामना

सन् २०२७ मा घोषणा हुने ९९औँ एकेडेमी अवार्ड ओस्कार अवार्डमा नेपालको प्रतिनिधित्व गर्दै चलचित्र ‘तिनीहरू(एलिफेन्ट्स इन द फग’ प्रतिस्पर्धा गर्ने भएको छ । अन्तरराष्ट्रिय फिचर चलचित्र छनोट समिति, नेपालले आज एक प्रेस विज्ञप्ति जारी गर्दै उक्त चलचित्रलाई नेपालको तर्फबाट आधिकारिक रूपमा सिफारिस गरिएको जानकारी दिएको हो । समितिका अध्यक्ष लक्ष्मीनाथ शर्माद्वारा जारी विज्ञप्तिअनुसार यस वर्षको ओस्कार प्रतिस्पर्धाका लागि नेपालबाट दुई वटा नेपाली कथानक चलचित्र ‘तिनीहरू(एलिफेन्ट्स इन द फग’ र ‘गौँथली’ प्राप्त भएका थिए । प्राप्त यी दुईमध्ये एकेडेमीको मापदण्ड अनुरूप… पुरा पढौ

‘बुकीफूल’को शुभमुहूर्त सिक्लेसमा हुने

नेपाली चलचित्र ‘बुकीफूल’को शुभमुहूर्त असोज १ गते कास्कीको सिक्लेसमा हुने भएको छ । गुरुङ समुदायको परम्परा, संस्कृति, इतिहास र मौलिक जीवनशैलीलाई कथावस्तुसँग जोडेर अभियान फिल्मस प्रालिको ब्यानरमा निर्माण हुन लागेको चलचित्रको छायांकन तथा निर्माण तयारीबारे शनिबार सिक्लेसमा स्थानीय सरोकारवालासँग छलफल गरिएको छ । छलफलमा चलचित्रका निर्माता वेदबहादुर गुरुङ श्याम, निर्देशक ओमप्रकाश गुरुङ र प्रोडक्सन म्यानेजर डिबी गुरुङसहितको टोली सहभागी थियो । टोलीले मादी गाउँपालिका–१ का वडाध्यक्ष देवीजंग गुरुङ, सिक्लेस आमा समूहका अध्यक्ष सन्तोषी गुरुङ, टोल संयोजक, पर्यटन व्यवसायी तथा स्थानीय… पुरा पढौ

पोखरामा ‘पेन्सन पट्टा’को दबदबा, पहिलो दिनमै ७ लाख ४८ हजार ग्रस कलेक्सन

माओत्से गुरुङ निर्देशित नेपाली चलचित्र ‘पेन्सन पट्टा’ले प्रदर्शनको पहिलो दिनमै पोखरामा उत्साहजनक व्यापार गरेको छ । शुक्रबारदेखि देशभर प्रदर्शनमा आएको चलचित्रले पोखराका प्रमुख सिनेमा हलमा दर्शकको उल्लेखनीय साथ पाउँदै सुखद सुरुवात गरेको हो । पोखराका दुई प्रमुख हल क्युएफएक्स सिनेमाज र मिडटाउन सिनेमाजबाट मात्रै चलचित्रले पहिलो दिन ७ लाख ४८ हजार रुपैयाँको ग्रस कलेक्सन गरेको छ । यी दुई हलमा कुल १ हजार ९ सय ३० दर्शकले चलचित्र हेरेका छन् ।पोखरा ट्रेडमलमा रहेको क्युएफएक्स सिनेमाजमा पहिलो दिन १ हजार २… पुरा पढौ

दोस्रो हेमजा राष्ट्रिय साहित्य महोत्सव मंसिर पहिलो साता हुने,पौडेलको संयोजकत्वमा २१ सदस्यीय समिति गठन

पोखराको हेमजामा दोस्रो हेमजा राष्ट्रिय साहित्य महोत्सव आगामी मंसिरको पहिलो साता आयोजना हुने भएको छ । हेमजा साहित्य प्रतिष्ठानले शनिबार आयोजना गरेको कार्यक्रममा आगामी मंसिर ४ देखि ६ गतेसम्म बिभिन्न कार्यक्रमसहित राष्ट्रिय साहित्य महोत्सव गर्न लागेको जानकारी दिईएको छ । महोत्सवका लागि कृष्ण प्रसाद पौडेलको संयोजकत्वमा २१ सदस्यीय मुल समारोह समिति चयन गरिएको प्रतिष्ठानका अध्यक्ष सुनिल गायकले जानकारी दिए । समितिको सह संयोजकमा बलराम पौडेल, उप संयोजकमा शिव पोखेल, दुर्गादेवी बस्नेत ,अम्बिका भण्डारी र परशुराम अधिकारी छन् । त्यस्तै महासचिवमा… पुरा पढौ

अग्रज गायक–संगीतकार धनबहादुर गुरुङलाई ‘लोक बहादुर गुरुङ स्मृति’ सम्मान

अग्रज गायक एवं संगीतकार धनबहादुर गुरुङ पोखरामा सम्मानित भएका छन् । लोक बहादुर गुरुङ स्मृति प्रतिष्ठानले आयोजना गरेको वरिष्ठ संस्कृतिकर्मी स्व. लोक बहादुर गुरुङको १२ औँ स्मृति दिवसका अवसरमा उनलाई सम्मान गरिएको हो । पोखरामा शुक्रबार आयोजित कार्यक्रममा गुरुङ समुदायका चर्चित गायक तथा संगीतकार गुरुङलाई ५१ हजार नगद, दोसल्ला, फेटा र सम्मानपत्र प्रदान गर्दै सम्मान गरिएको हो । गुरुङ समुदायको भाषा, संस्कृति, कला र संगीतको संरक्षण तथा प्रवद्र्धनमा पु¥याएको योगदानको कदरस्वरूप सम्मान गरिएको संस्थाले जनाएको छ। कार्यक्रममा स्व. लोक बहादुर… पुरा पढौ

कुमुदिनी होम्समा मनाइयो, कृष्ण जन्माष्टमी पर्व

पोखराको गैह्रापाटनमा रहेको कुमुदिनी होम्स माविमा बिहिबार श्रीकृष्ण जन्माष्टमी पर्वको अवसरमा विशेष सांस्कृतिक कार्यक्रम गरिएको छ । विद्यालयमा अध्ययनरत मन्टेश्वरीदेखि कक्षा ५ सम्मका विद्यार्थीहरूले भगवान श्रीकृष्णसँग सम्बन्धित भजनकीर्तन, नृत्य तथा झाँकी प्रदर्शन समेत गरेका थिए । कार्यक्रममा नेपाल अन्तर्राष्ट्रिय कृष्णभावनामृत संघ इस्कोन पोखराका प्रतिनिधिहरू हरेकृष्ण र प्रसन्नले विद्यार्थीहरूलाई भजनकीर्तन तथा सङ्गीतमय प्रस्तुतिमा प्रत्यक्ष सहयोग पुर्‍याएका थिए । उनीहरूको गायन र वाद्यवादनको तालमा विद्यार्थीहरू राधा र कृष्णको आकर्षक पोशाकमा सजिएर मन्त्रमुग्ध हुँदै नाचेका थिए। साना बालबालिकाहरूको धार्मिक पोशाक र सांस्कृतिक प्रस्तुतिले… पुरा पढौ