नेपाली चलचित्र ‘बुकीफूल’को शुभमुहूर्त असोज १ गते कास्कीको सिक्लेसमा हुने भएको छ ।
गुरुङ समुदायको परम्परा, संस्कृति, इतिहास र मौलिक जीवनशैलीलाई कथावस्तुसँग जोडेर अभियान फिल्मस प्रालिको ब्यानरमा निर्माण हुन लागेको चलचित्रको छायांकन तथा निर्माण तयारीबारे शनिबार सिक्लेसमा स्थानीय सरोकारवालासँग छलफल गरिएको छ । छलफलमा चलचित्रका निर्माता वेदबहादुर गुरुङ श्याम, निर्देशक ओमप्रकाश गुरुङ र प्रोडक्सन म्यानेजर डिबी गुरुङसहितको टोली सहभागी थियो । टोलीले मादी गाउँपालिका–१ का वडाध्यक्ष देवीजंग गुरुङ, सिक्लेस आमा समूहका अध्यक्ष सन्तोषी गुरुङ, टोल संयोजक, पर्यटन व्यवसायी तथा स्थानीय प्रतिनिधिसँग चलचित्रको कथा, छायांकनस्थल, स्थानीय सहभागिता र निर्माणका विभिन्न पक्षबारे छलफल गरेको हो ।
वडाअध्यक्ष गुरुङले फिल्मको निर्माता निर्देशकसहितको टीमसंग फिल्मको शुभमुहूर्त र यसको छायांकनलाई व्यवस्थापन गर्ने सम्बन्धमा छलफल भएको बताए ।गुरुङ समुदायको मौलिक संस्कृति, परम्परा र ऐतिहासिक पहिचानलाई चलचित्रमार्फत उजागर गर्दै नयाँ पुस्तासम्म पुर्याउने उद्देश्यले ‘बुकीफूल’ निर्माण गर्न लागिएको निर्माण पक्षले जनाएको छ ।
चलचित्रले सिक्लेस र आसपासका क्षेत्रको प्राकृतिक सौन्दर्य, संस्कृति तथा जीवनशैलीलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा चिनाउन भूमिका खेल्ने अपेक्षा गरिएको छ ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


स्याङ्जा, २७ भदौ ।राष्ट्रिय बाल दिवसको अवसरमा एकीकृत सेवा कार्यालय स्याङ्जाले आयोजना…





