मनोरञ्जन

पोखरा वडा नं. १६ र १९ मा मनोरञ्जनात्मक कार्यक्रम गर्न नपाईने

पोखरा महानगरपालिका वडा नंं. १६ र १९ मा मनोरञ्जनात्मक खालका कुनै पनि कार्यक्रम गर्न रोक लगाईएको छ । बुधबार भोटेकोशी तथा त्रिशुली नदीमा आएको विनासकारी बाढीले देशका बिभिन्न जिल्लामा जनधनको क्षति भएकोमा दुख व्यक्त गर्दै, दुवै वडा कार्यालयले वडाभित्र हुने मनोरञ्जनात्मक तथा हर्षोल्लासका कार्यक्रम नगर्न सुचना जारी गरेको छ । वडा कार्यालय पोखरा १६ र १९ ले शनिबार जारी गरेका छुट्टाछुट्टै सुचनामा मुलुक नै शोकाकुल रहेको अवस्थामा मनोरञ्जन तथा हर्षोल्लासका कार्यक्रम गर्न अनुपयुक्त हुने उल्लेख गरिएको छ । १६ नम्वर… पुरा पढौ

पब्लिक फोरके टिभीले प्रदेशस्तरीय कृषि तीज गीत प्रतियोगिता गर्ने

बार्दली मिडिया प्रा.लिद्धारा सञ्चालित पब्लिक फोरके टेलिभिजन पोखराको आयोजनामा दशौँ संस्करणको गण्डकी प्रदेशस्तरीय कृषि तीज गीत प्रतियोगिता–२०८३ आयोजना हुने भएको छ । हरितालिका तीजको अवसर पारेर कृषि र कृषकका सम्भावना, महिला कृषकलाई उद्यम तथा पर्यटन का लागि प्रेरित गर्दै उनीहरुको आत्मसम्मान र संघर्षका कथालाई मौलिक तीज गीतमार्फत उजागर गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गर्न लागिएको हो । गण्डकी प्रदेशका ११ जिल्लाबाट छनोट भएका उत्कृष्ट समूहबीच यही भदौ २२ गते सोमबार पोखरास्थित गण्डकी प्रज्ञा प्रतिष्ठानको सभाहलमा ग्रान्ड फिनाले हुने कार्यक्रम संयोजक घनश्याम… पुरा पढौ

बलराम र सञ्जुको मौलिक तीज गीत ‘दिदी–भाइको गन्थन’ सार्वजनिक

नवोदित गायक बलराम खनाल र सञ्जु खनालले मौलिक तीज गीत सार्वजनिक गरेका छन् । नेपाली नारीको सांस्कृतिक पर्व हरितालिका तीजको अवसर पारेर उनीहरुले 'दिदी–भाइको गन्थन' भाग– २ बजारमा ल्याएका हुन् । गत बर्ष सार्वजनिक भएको भाग १ ले दर्शक स्रोताको मन जित्न सफल भएपछि भाग २ लाई पनि संगीत बजारमा ल्याईएको नवोदित गायक बलराम खनालले बताए । तीज पर्वका नाममा भड्किला गीतहरु आईरहेको बेला, ग्रामीण परिवेश र आफ्नै पाखा पखेरामा गाईने भाका र शब्दलाई टपक्क टिपेर प्रस्तुत गरिएको गायिका सञ्जु… पुरा पढौ

बाटुलेचौरमा तीन दिनसम्म ऐतिहासिक तीज मेला हुने

पोखराको बाटुलेचौरमा परम्परागत रुपमा हुँदै आएको तीज मेलाले यस बर्ष पनि निरन्तरता पाउने भएको छ । नेपाली नारीको महान पर्व हरितालिका तीजको अवसरमा यही भदौं २७ देखि २९ गतेसम्म मेला आयोजना गर्न लागिएको आयोजक मौलिक कला, संस्कृति संरक्षण समिति, पोखरा–१६ ले जानकारी दिएको छ । तीन दिनसम्म बाटुलेचौरस्थित ऐतिहासिक खेल मैदानमा संचालन हुने मेलामा मौलिक तीज गीत प्रस्तुतिसहित पोखरा महानगरभित्रका वडाको सहभागितामा पुरुष भलिबल प्रतियोगिता, महिला दौंड, विद्यालयस्तरीय नृत्य प्रतियोगिता, खुल्ला ठेलो हान्ने, घैंटो फुटाउने, डोरी तान्ने प्रतियोगिताका साथमा बिबिध… पुरा पढौ

महेश र अञ्जनाले सकाए फिल्म ‘आशा’को छायांकन

अभिनेता महेश त्रिपाठी र अभिनेत्री अञ्जना बराइलीको मुख्य भूमिका रहेको फिल्म ‘आशा’को छायांकन सकिएको छ । साउनवाट सुरु भएको फिल्मको छायांकन भदौमा सकिएको अभिनेता त्रिपाठीले इन्ड क्लाप भएको तस्विर सामाजिक संजालमा राखेर छायांकन सकिएको जनाएका छन । फिल्मको छायांकन काभ्रेको नमोबुद्ध नगरपालिका र धुलिखेल आसपासका क्षेत्रमा भएको फिल्मकी निर्मात्री शर्मिला थापाले जानकारी दिइन् । थापाका अनुसार साउन महिनाभरमा फिल्मको छायांकन सक्ने लक्ष्य राखेका थियो केही दिन मात्र ढिला भयो जे होस समयमै सकिएको बताइन् । फिल्म ‘आशा’ नेपालीपन बोकेको कथालाई… पुरा पढौ

‘पेन्सन पट्टा’ को प्रचार तिब्र,आफ्नै समाजको कथा भएको अभिनेता दयाहाङ राईको दाबी

भदौ २६ गतेदेखि प्रदर्शनमा आउन लागेको चलचित्र पेन्सन पट्टाको प्रचार तिब्र पारिएको छ । चलचित्रको टोलीले आज पोखरामा पत्रकारहरुका बिच चलचित्रको खुलेरै प्रचार गरे । अभिनेता दयाहाङ राईले चलचित्र ‘पेन्सन पट्टा’ नेपाली समाजकै कथा भएकाले यसले दर्शकलाई आफ्नै जीवन र परिवेशसँग जोड्ने विश्वास व्यक्त गरेका छन्।चलचित्र पत्रकार संघ नेपाल कास्कीले बुधबार पोखरामा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै राईले ‘पेन्सन पट्टा’ ले प्रेम, भावना, सम्बन्ध र समाजको संरचनालाई सरल ढंगले प्रस्तुत गरेको बताए।चलचित्रमा आफूले निर्वाह गरेको पात्रसँग लाउरे परिवारको व्यक्तिगत पारिवारिक… पुरा पढौ

सिटीवानले भदौंको चौंथो साता पाँचौ संस्करणको तीज गीत मेला गर्ने

पोखराको सिटीवान टेलिभिजनले महिलाहरुको महान चाड तीजलाई मध्यनजर गर्दै यस वर्ष पनि सास्कृतीक तीज गीत प्रतियोगिता आयोजना गर्ने भएको छ । “तीजको वेला सिटीवानको सास्कृतीक मेला, प्रदेश स्तरीय पाँचौ खुल्ला तीज गीत प्रतियोगिता–२०८३” नाममा टेलिभिजनले तीजका सास्कृतीक पक्षहरुको संरक्षण गर्ने उद्धेश्यले मेला आयोजना गरेको टेलिभिजनले जनाएको हो ।प्रतियोगिता यही भाद्र २३ र २४ गते गण्डकी प्रज्ञा प्रतिष्ठानमा हुने टेलिभिजनका प्रवन्ध निर्देशक अनिशा श्रेष्ठले जानकारी दिईन् । उनले पछिल्लो समयमा डिजिटल प्रविधिको प्रयोगका कारण नेपालीहरुका कतिपय संस्कृतीहरु लोप हुन लागेको भन्दै… पुरा पढौ

माया गुरुङ सांगीतिक साँझ सफल बनाउन लमजुङका संघसंस्थाको प्रतिबद्धता

लमजुङ सदरमुकाम बेँसीशहरमा आगामी असोज १० गते आयोजना हुने ‘माया गुरुङ सांगीतिक साँझ–२०८३’ लाई सफल बनाउन जिल्लाका विभिन्न संघसंस्थाले सामूहिक प्रतिबद्धता जनाएका छन् । राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपाल, जिल्ला कार्यसमिति लमजुङको आयोजनामा हुने सांगीतिक साँझबारे शनिबार आयोजित अन्तरक्रिया तथा छलफल कार्यक्रममा सहभागी संघसंस्थाका प्रतिनिधिले कार्यक्रमलाई जिल्लाकै साझा सांस्कृतिक अभियानका रूपमा अघि बढाउने प्रतिबद्धता जनाएका हुन् । कार्यक्रममा बेँसीशहर नगरपालिका–२ का वडाध्यक्ष मदनबहादुर राना, वडा नं. ८ का वडाध्यक्ष पवित्रा थापा राना, नगर कार्यपालिका सदस्य कल्पना थापा बोहरा, नेपाल… पुरा पढौ

सुगम सङ्गीतका अमर गायक अरूण थापाको स्मरण

गायक अरूण थापामगर अल्प आयु बाँचे । तर, उनी आफ्ना गीतहरूमा सधैं अमर छन् । नेपाली सुगम सङ्गीतका मूर्धन्य प्रतिभा थापामगरको मङ्गलबार २७औँ स्मृति दिवस । विविध तवरबाट उनको सम्झना गरियो । नेपाल मगर विद्यार्थी सङ्घ, बागलुङले ‘अरूण स्मृति साँझ’ आयोजना गर्यो । जहाँ अरुणका कालजयी गीतहरू गुन्जिए । कलाकारहरूले ‘करोडौँ मुटुहरूको एउटै ढुकढुकी नेपाल’बाट सुरु गरी ‘यो मनको के भर हुन्छ’मा पुगेर आफ्नो प्रस्तुति टुङ्ग्याए । पहिलो गीत सूर्य घताने, किशोर थापा, मीना हमाल ठकुरीलगायतले सुनाए । दोस्रो लहरमा… पुरा पढौ

चलचित्र “पेन्सन पट्टा” को ‘जुनी जाला’ पोखरामा सार्वजनिक

आगामी भदौ २६ गतेदेखि देशभर प्रदर्शनमा आउन लागेको चलचित्र ‘पेन्सन पट्टा’ को मौलिक गीत ‘जुनी जाला’ पोखरामा सार्वजनिक गरिएको छ। पोखराको मिडटाउन सिनेमाजमा आयोजित कार्यक्रममा चलचित्रको निर्माण टोली, कलाकार, गुरुङ समुदायका विभिन्न संघसंस्थाका प्रतिनिधि तथा चलचित्र कर्मीहरूको उल्लेख्य उपस्थिति रहेको थियो। सार्वजनिक गरिएको ‘जुनी जाला’ गीतले गुरुङ समुदायको मौलिक संस्कृति, भेषभूषा, संगीत र जीवनशैलीलाई आकर्षक ढंगले प्रस्तुत गरेको छ । कार्यक्रममा प्रदर्शन गरिएको गीतलाई उपस्थित दर्शकले निकै रुचाएका छन् भने गीतको दृश्य, संगीत र सांस्कृतिक प्रस्तुतिको खुलेर प्रशंसा गरेका छन्… पुरा पढौ