गीतकार नेपाल रानाभाट ‘सुबोध’ को ‘सायद मैले सकिनँ कि’ बोलको नयाँ गीतको म्युजिक भिडियो आइतवार पोखरामा सार्वजनिक गरिएको छ । गीतकार प्रतिष्ठान, नेपालको आयोजनामा भएको कार्यक्रममा नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका पूर्वकुलपति सरुभक्तले भिडियो विमोचनपछि बोल्दै साहित्यकार, गीतकारहरू समाजकै अङ्ग भएकाले समाजसापेक्ष सिर्जना लेख्ने गरेको धारणा राखे । जीविकोपार्जनका लागि पेसागत रूपमा विविध क्षेत्रमा क्रियाशील भए पनि गीतकार, सङ्गीतकार र कलाकारले आफूभित्रको सिर्जनशीलता प्रस्तुत गर्ने कुरामा लाग्नुपर्ने सरुभक्तको भनाइ थियो । उनले नेपाल रानाभाट शैक्षिक प्रशासनका क्षेत्रमा क्रियाशील भएर…
पुरा पढौ